Reality Bites

Monday, September 11, 2006

"नेपाल झिनो अन्तरले पराजित, टोयोटा अवार्ड पाउन सफल"

आईतबार सम्पन्न पाचौ एसिया प्रशान्त क्षेत्रको बिश्वबिध्यालयबिच भएको रोबोट प्रतियोगियामा नेपाली रोबोट "सिड्-१०" पुरस्कृत भएको छ । उत्कृष्ठ रुपमा खेल प्रदर्शन गरेबापत नेपालले टोयोटा अवार्ड पाएको छ ।

आयोजक मलेसियाको दोस्रो टिमसँग भएको २ खेलमध्ये नेपालले एउटा खेल बराबरमा रोक्दै अर्कोमा ६ - ४ ले पराजित भएको छ । पहिलोमा नेपालले १६-१६ को बराबरी गरेको थियो । पराजयपछि लिग चरणको समुह जि बाट नेपाल अगाडि बडन सकेन् । १८ देशका १९ प्रतियोगिले यसमा सहभागि भएका थिए । बिश्वको अग्लो भवनकोनिर्माण गरौ भन्ने नारा यस रोबोकनको थियो ।

एसिया प्रशान्त क्षेत्रको बिश्वबिध्यालयबिच प्रत्येक बर्ष हुने यस प्रतियोगितामा यस बर्ष भियतनाम प्रथम, थाईल्यान्ड दोश्रो र मलेसिया एवम् चिनले तेश्रो भएका छन।
गत बर्ष नेपालले बेइजिङमा भएको रोबोट प्रतियोगितामा माबुचि मोटर अवार्ड जितेको थियो ।
ए बि यु २००३ बैङ्ककमा भएको रोबोट प्रतियोगीतामा भारतलाई पराजित गर्ने नेपाली टोलीका एक अजय ढकालको अनुभव ।

2 Comments:

  • Great, I love to hear this thing. Visit my blog for an the analysis of Nepalese team.

    By Blogger Ajaya, at 7:55 PM  

  • नेपालीको सपना असिमो रोबोट
    नेपालमा पनि रोबोट बनेको निकै हल्लाखल्ला चल्न थालेको छ अचेल । यस्तै मोडेलको असिमो जस्तो रोबोट हिमालयन वाइट हाउस कलेजले बनाएको थियो , जसलाई हिमालयन टाईम्सले पहिलो पेजमा ठाउ दिएको थियो । तर यस्ता रोबोटले गर्ने कामभन्दा नेपालमा यो नै यस्तोमा पहिलो भन्ने चलन फिल्म लाइनमा मात्र होइन रोबोट निर्माणको क्षेत्रमा पनि देखिन थलेको छ । मलाई लोकेश्वर मास्केको याद अहिले आईरहेकोछ्, किन किन त्यो मान्छेले नेपालमा म पहिलो भनेर नै बिलाएर गयो अब बाकी छ त केवल उसले छोडेर गएको सपना पुरा गर्ने अरु पहिला ब्यक्तिहरु। एउटा निरन्तरको प्रयास मात्र सफलता हो भन्ने सायद मेरो ठम्म्याई नै आखिरमा अहिले आएर ठिक हो कि जस्तो लाग्छ ।
    http://en.wikipedia.org/wiki/ASIMO

    By Blogger Reality Bites, Nepal, at 5:01 AM  

Post a Comment

<< Home