Reality Bites

Tuesday, September 12, 2006

नेपाली टोली काठमाडौंमा, प्रशिक्षक रमेशसँग कुराकानी ।


भर्खरै रमेश सरसँग कुराकानी भयो । अहिले रोबोटिक्स क्लबमा उहा लगायतको नेपाली टोली आइपुगेकाछन । नेपालको सफलताबाट उनीहरु उत्साहित रहेको पाइएको छ । उहाबाट पाइएको जानकारी अनुसार तेश्रो स्थानमा आएको मलेसियाले नेपाललाई एक अँकको फरकमा जितेको हो ।


फाइल फोटो :-ए बि यु २००३ मा सहभागी नेपाली टोली, बायाबाट चौथो रमेश ।

पहिलो खेलमा ६-४ ले नेपाल पछि परेपनि दोश्रोमा १६-१६ को बराबरी भएको थियो । बराबरी भएपनि मलेसियाको रोबोटले खेलको नियम बिपरित चलेकोले उसको १ अँक घट्यो, रमेशले भने, दोश्रो खेल जित्यौ । तर फरक एक अँकको आधारमा हामी लिग चरणबाट अगी बढेनौ, उनले भने।

नेपालले राम्रो खेल खेलेबापत यसपटक टोयोटा अवार्ड जितेको उनले रियालीटी बाईटसलाई फोनमा बताए ।

1 Comments:

  • I like it, you are updating even faster than other popular blogs. I admire your work

    By Blogger Ajaya, at 11:30 AM  

Post a Comment

<< Home