Reality Bites

Monday, October 09, 2006

कृष्णको लीला, शान्तिको आशा ।


आज काठमाडौं बसाइको मेरो अन्तिम दिन्, शान्ति बार्ताको सम्भवत अघिल्लो दिन्,कुनै ब्रेकिङ् समाचार त छैन ।

तर रत्नपार्क बाट धरहरातिर खुलामँच छेउको बाटोमा हिडदै आउदा उल्टो दिशाबाट आएको ९६९७ नँबरको पजेरोमा अहिलेका सर्वाधिक चर्चित अनुहारहरु देखापरे ।

दिउसोको करिब साढे तिन बजे देखिएका तिनजना पात्रहरु भने प्रचण्ड, बाबुराम भट्टराई र कृष्ण प्रसाद् सिटौला थिए । यसलाई यो ब्लगमा हाल्नु कुनै जरुरत पनि थिएन् ।

तर अचम्म लाग्ने कुरा के थियो भने पजेरोको पछाडिको सिटको लहरमा गृहमन्त्री सिटौला भने दुई कमरेडको बिचमा बसेर गफिरहेका थिए ।
अनि प्रचण्ड र बाबुराम भने एक अर्कालाई हेरेर सिटौलाको शान्तिगामी एजेन्डा सुनिरहेका होलान भन्ने मैले अनुमान गरेर हिडदै थिए ।

बाटामा कसैले मलाई बोलायो ।
फर्केर हेर्द एक् पुर्बपरिचित पत्रकार मोहन बास्तोला फेला परे । उनि अनेरास्वबियुका कुनै ठुला नेता ठाकुर गैरेको अन्तर्बार्ता लिन गैरहेको बताइरहेका थिए ।
मेरो ध्यान भने , अहिलेको यो भेट सायद् मेरो ब्लगको लागि ब्रेकिङ् न्युज हुन्छ कि भन्ने थियो ।
किनभने माओबादीका बरिष्ट नेताहरुबिच बसेर अब चाहि कृष्णजीले सवारी मन्त्रीमात्र होइन, बार्ताको सफलताको लागी पक्कै पनि कृष्णलीला नै देखाउने आशा छ् ।

र यो आशा सँगै केहि समयको लागि मेरो ब्लग् अपडेट गर्न असमर्थ छु । सुचनाको सँसारबाट टाढा जादा हुने दिक्दारी अब मेरो लागि सुरु होला जस्तो छ ।

Labels:

3 Comments:

  • Interesting News. I have not yet seen those faces in person. Let's hope there will be internet for to to read and post blogs. Happy Journey and Best Wishes for your New Job.

    By Blogger Ajaya, at 8:55 AM  

  • Just we can do at this moment is to hope something good comes out from this dialogue. But, today also they did not reach to any solution. God knows how many more days that they want to resolve the issues.
    I have expressed my disappointed my skepticism and dissatisfaction over the whole process's pace in my blog as well.
    http://www.talkingforum.wordpress.com

    By Blogger NEPAL KO POET TEAM, at 9:17 AM  

  • when do u return back??blogworld is seeking you???

    By Blogger Raj Shrestha, at 6:31 PM  

Post a Comment

<< Home