Reality Bites

Thursday, May 29, 2008

प्रचन्ड गणतन्त्रको उत्सबमा !

केही मानिसहरुलाई पछी सम्म पनि ईतिहासले सम्झने यस अर्थमा पनि छ कि एउटा जादु जस्तो गरेर सँसारबाट एक देशको राजातन्त्रको समाप्तिमा योगदान पुर्याएका छन, ति मध्ये एक हुन सम्भवत भावी प्रधानमन्त्री प्रचन्ड । यस मानेमा कि अबको २ हप्तामा नारायणहिटी खाली भएपछी यो भन्न कर लाग्छ कि राजा ज्ञानेन्द्रले नेपाललाई चिनेका रहेनछन र प्रचन्डको शब्दमा त महान नेपाली जनतालाई ! अहिले मैले खिचेको प्रचन्डको यो तस्बिर यहाँ राख्दा मलाई यो एक हप्ता पुरानो तस्बिरमा देखिएको प्रचन्डको हासो एकदम ताजा र आकर्षक लाग्यो, शायद राजाको बिदाइको तयारी गर्दा गर्दै भएर होला कि ।

Labels:

Sunday, July 08, 2007

चाइनामा पनि चन्दन....

असार २३ गते रसुवागढीको नाकाबाट चाईनिज प्रहरीले करीब १ मिनि ट्रक रक्तचन्दन हालेर केरुङतर्फ लगेको छ । सिमा वारी नेपालबाट उक्त चन्दन पुगेको आसङ्कामा चाईनिज नागरिकलाई पनि प्रहरीले आफ्नो गाडीमा लगेको अनुमान छ । तर यसबारे चिनतर्फको प्रहरीको पनि सँलग्नता हुनसक्ने आशङ्का गरिएको छ ।

Labels:

Sunday, June 10, 2007

one step closer to reality

A clean-cut vision of a future freed from the rat's nest of cables needed to power today's electronic gadgets has come one step closer to reality.
US researchers have successfully tested an experimental system to deliver power to devices without the need for wires.
The setup, reported in the journal Science, made a 60W light bulb glow from a distance of 2m (7ft).
WiTricity, as it is called, exploits simple physics and could be adapted to charge other devices such as laptops.
"There is nothing in this that would have prevented them inventing this 10 or even 20 years ago," commented Professor Sir John Pendry of Imperial College London who has seen the experiments.
"But I think there is an issue of time. In the last few years we have seen an exponential growth of mobile devices that need power. The power cable is the last wire to be cut in a wireless connection." (...more)

Related Blog ( UFG )

Labels:

Friday, April 13, 2007

हिसिलाको हौसला ।

नेपाल इन्जिनियर एसोसिएसनको दसौ राष्ट्रिय सम्मेलनको आज समापन गर्दै भौतिक योजना र निर्माण मन्त्रीको जिम्बेदारी सम्हालेकी ने क पा माओबादीकी नेत्री हिसिला यमीले ध्वस्त गर्ने हातहरुले निर्माण पनि गर्नसक्ने बताएकी छन् ।

पुर्व पश्चिम , उत्तर दक्षिण सडक निर्माण गर्दा छिमेकी देशबाट आफ्नो अनुकुलको ठाउमा मात्र लगानी एवम् हस्तक्षेप् गर्ने कुरा गलत भएको उल्लेख गर्दै उनले देसको रणनैतिक् उदेश्यले बाटो तराई हुदै, कि पहाड हुदै कताबाट लाने हो त्यो नेपाली जनताले निर्णय गर्ने कुरा रहेको बताइन ।' रोल्पाको आधार सिविरमा यिनै कलिला हातहरुले ९३ कि मी को बाटो खनेका छन्' आर्किटेक्ट् इन्जिनीयर समेत् रहेकि उनले भनिन ' साथै उपचारको लागि क्षेत्रीय अस्पतालको समेत् निर्माण गर्यौ । ''भ्रष्टाचार पुरै हटछ त म् भन्दिन' बिच बिचमा निकै भावुक् हुदै सहभागी इन्जिनीयरहरुलाई सचेत् समेत् गर्दै उनले भनिन् ' तर यसमा कमी आउने म ठोकुवा गर्छु।'

धेरै पटक काठमान्डु केन्द्रीत सामन्ती राज्यसत्ताको बिरोध् गर्दै उनले क्षेत्रीय, प्रान्तीय् र जातीय सँघात्मक ब्यबस्थाले जनताले बिकासमा चासो देखाउने हुदा भ्रष्टाचारमा कमी आउने बताइन्।

कार्यक्रममा कोरियाका प्रोफेसर् जेम्सले केपिएल् ट्राङ्गलको अवधारणा प्रस्तुत् गरेका थिए । जसमा काठमान्डु, पोखरा र लुम्बिनिको बिचको ठाउ चितवनलाई हब सिटीको रुपमा बिकास गर्नुपर्ने छ । तिनै सहरलाई पर्यटकको केन्द्रबिन्दु बनाउदै चितवनमा अन्तराष्ट्रिय बिमानस्थल निर्माण गर्नुपर्ने उनको सुझाव थियो ।

कार्यक्रम सकिएपछि बिरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र परिसरमा भएको सास्कृतिक् सभा र खानपानमा माओबादी मन्त्रीकै उपस्थितिमा रक्सी, वाइन् र बियरको बिक्री बितरण आयोजकबाट गरिएको थियो ।

मन्त्रीलाई चिनौमा हिसिला यमीबारे मेरो सँसार
Engineers' Meet to be Held in April

Labels:

Monday, January 22, 2007

Nepali Robot: Reached in IIT Ground

Robotics club is participating in IIT Techfest on this week from 26 to 28 January. According to Robotics Club, IOE, Lalitpur, Nepali team had already reached Bombay to take part in the International Robot Competition, a major event of the Techfest.

Nepal had already won 500 US dollor Cash Prize in last Techfest, January 2004. The team of Robotics Club took part in the India’s biggest International Robotics Competition in Indian Institute of Technology (IIT) Bombay. In that contest, Nepal (The rope climbing robot) was third among the 23 teams from different countries.Let's hope for better this year too.

Indian Institute of Technology Bombay presents the tenth edition of the largest student organized science and technology fest across Asia, Techfest 2007.

The competitions at Techfest continue to inspire young and brilliant minds to think outside the box and strive hard to achieve glory. Every year a new set of problem statements spanning all the disciplines of engineering are presented to the participants. Techfest 2007 consists of three international competitions viz. Micromouse, S.N.A.P. and Full Throttle: Afterburn. These competitions have collective prize money of USD 2500. Teams from Sri Lanka and Nepal have already confirmed their participation. Apart from these competitions there are over 25 other competitions to choose from with the total prize money running in excess of a whooping 7 lacs.

With an expected footfall of about 30,000 students Techfest this year promises to be bigger and better than ever. Come and visit Techfest 2007 at IIT Powaii from 26th-28th January to get the real feel of the fest. After all we believe that ‘Technology is for All’.

Labels:

Sunday, December 31, 2006

Happy New year 007 !!!!

Hey !! Friends
The new and lucky year 007 will bring all of your life prosperous and healthy.
Thanks.

Labels:

Monday, October 09, 2006

कृष्णको लीला, शान्तिको आशा ।


आज काठमाडौं बसाइको मेरो अन्तिम दिन्, शान्ति बार्ताको सम्भवत अघिल्लो दिन्,कुनै ब्रेकिङ् समाचार त छैन ।

तर रत्नपार्क बाट धरहरातिर खुलामँच छेउको बाटोमा हिडदै आउदा उल्टो दिशाबाट आएको ९६९७ नँबरको पजेरोमा अहिलेका सर्वाधिक चर्चित अनुहारहरु देखापरे ।

दिउसोको करिब साढे तिन बजे देखिएका तिनजना पात्रहरु भने प्रचण्ड, बाबुराम भट्टराई र कृष्ण प्रसाद् सिटौला थिए । यसलाई यो ब्लगमा हाल्नु कुनै जरुरत पनि थिएन् ।

तर अचम्म लाग्ने कुरा के थियो भने पजेरोको पछाडिको सिटको लहरमा गृहमन्त्री सिटौला भने दुई कमरेडको बिचमा बसेर गफिरहेका थिए ।
अनि प्रचण्ड र बाबुराम भने एक अर्कालाई हेरेर सिटौलाको शान्तिगामी एजेन्डा सुनिरहेका होलान भन्ने मैले अनुमान गरेर हिडदै थिए ।

बाटामा कसैले मलाई बोलायो ।
फर्केर हेर्द एक् पुर्बपरिचित पत्रकार मोहन बास्तोला फेला परे । उनि अनेरास्वबियुका कुनै ठुला नेता ठाकुर गैरेको अन्तर्बार्ता लिन गैरहेको बताइरहेका थिए ।
मेरो ध्यान भने , अहिलेको यो भेट सायद् मेरो ब्लगको लागि ब्रेकिङ् न्युज हुन्छ कि भन्ने थियो ।
किनभने माओबादीका बरिष्ट नेताहरुबिच बसेर अब चाहि कृष्णजीले सवारी मन्त्रीमात्र होइन, बार्ताको सफलताको लागी पक्कै पनि कृष्णलीला नै देखाउने आशा छ् ।

र यो आशा सँगै केहि समयको लागि मेरो ब्लग् अपडेट गर्न असमर्थ छु । सुचनाको सँसारबाट टाढा जादा हुने दिक्दारी अब मेरो लागि सुरु होला जस्तो छ ।

Labels: