Reality Bites

Saturday, November 04, 2006

तामाकोशी

तामाकोशीःजनता विश्वस्त गर
कात्तिक ३ को अंकमा प्रकाशित ३ सय ९ मेघावाटको माथिल्लो तामाकोशी परियोजना आन्तरिक स्राेतबाट बनाउने भन्ने विद्युत् प्राधिकरणको निर्णयले निकै खुसी लाग्यो । अनि दुःख पनि । केही साताअघि अर्थ, जलस्रोत मन्त्रालय र राष्ट्रबैंकका उच्च अधिकारी सम्मिलित अनौपचारिक बैठकले यो परियोजना निर्माणका लागि स्वदेशी पैसा नपुग्ने निक्र्योल गरेको समाचार पनि प्रकाशित भएको थियो । कहिले स्वदेशी स्रोत पुग्दैन भन्दै पन्छिन खोज्ने र कहिले आफैंले बनाउने भन्ने दुईथरी कुरालाई जनता र लगानीकर्ताले कसरी विश्वास गर्ने ? कालीगण्डकी एको खेती अझै टुङ्गएिको छैन, मध्यमस्र्याङदीको हाल त्यो -दोब्बर लागत) छ, निजी क्ष्ाेत्रका भोटेकोशी र खिम्तीका कुरै नगरौं । यति हुँदाहुँदै पनि यति ठूलो परियोजनाबारे दुई किसिमको निर्णय गरिनु शुभसंकेत होइन ।
आन्तरिक स्राेतको सम्बन्धमा एउटा सानो चिलिमे जलविद्युत्को सेयर निष्काशन गर्दा घाटामा गएको प्राधिकरणका कर्मचारीबाट मात्रै १ अर्बभन्दा बढी लगानी गर्ने प्रतिबद्धता आएको थियो । यो एक अंशमात्र भयो, परियोजनाको सम्पूर्ण लागत निर्माण संरचना सम्पन्न कार्यतालिका, उत्पादन हुने समय इत्यादिबारे लगानीकर्तालाई विश्वस्त पार्नु आवश्यक छ । सरकारमात्र होइन, प्राधिकरण नेतृत्व वर्गले आफ्नो स्वार्थ त्यागी देशका लागि 'केही गरौं' भन्ने सोच राखी विदेशीको झोला बोक्ने प्रवृत्ति छाडेमा योजना सफल हुनेमा शंका छैन । सम्पूर्ण जनता, संघ-संस्था, कर्मचारी, उद्योग व्यवसायी, पेसाकर्मीसमक्ष्ा दल-माओवादीले जनताको लगानी सुरक्ष्ाा गर्ने प्रत्याभूति दिएको खण्डमा आन्तरिक स्राेतबाट माथिल्लो तामाकोशी परियोजना सञ्चालन गर्न कुनै कठिनाइ हुने छैन । अन्यथा कुराको खेतीमात्र हुनेछ ।
- राजेश मल्ल
स्याङजा

नेपालीले विकासका लागि केही गर्छन् भन्ने देखाउन तामाकोशीमा स्वदेशी स्राेतबाटै बनाउनुपर्छ । गरेर देखाउनुपर्ने बेला आएको छ । नेपालीको पसिनाबाट तलब खाएर विदेशीको इसारामा नाच्ने नैतिकहीन कर्मचारी तथा आफ्नै देशमा बसेर आफ्नै देशको हितविपरीत पैसा कमाउन पल्केका कमिसनको खेल खेल्ने व्यापारीलाई जनताले गतिलो जवाफ दिनुपर्ने बेला आएको छ । एउटा नारा बनाउने बेला आएको छ- नेपालीमा पनि लगानी संकलन गर्ने क्ष्ामता छ ।
- सुनील श्रेष्ठ
भक्तपुर

Labels:

0 Comments:

Post a Comment

<< Home