Reality Bites

Thursday, September 14, 2006

नेपालसमाचारपत्र दैनिकमा रोबोटको चर्चा ।

सगरमाथाको फोहोर रोबोटले बटुल्ने
इर्श्वरराज ढकाल
काठमाडौं
सगरमाथा क्षेत्रमा थुप्रिएका फोहोर संकलन तथा व्यवस्थापन गर्न रोबोक्लब नेपालले नयाँ रोबोट निर्माणको योजना बनाएको छ।

सगरमाथाको शिखरमा नेपाली झन्डा गाड्ने कामसमेत नयाँ रोबोटले नै गर्नेछ। देशभरका १५ इन्जिनियरिङ क्याम्पसका विद्यार्थीबीच प्रतियोगितात्मक प्रतिस्पर्धापछि उत्कृष्ट रोबोटको ?नमुना? निश्चित गरिनेछ र सगरमाथामा फोहोर संकलनका लागि नयाँ रोबोट निर्माण गर्न पहल गरिनेछ।

?विश्वको सर्वोच्च चुचुरोलाई कोही कसैले फोहोर गर्न नहुने सन्देशसहित नयाँ प्रविधिमा आधारित रोबोट निर्माण गर्न लागिएको हो?, रोबोटिक्स क्लबका संयोजक रमेश चौधरीले नेपाल समाचारपत्रसँग भने- ?यो रोबोटले औद्योगिक क्षेत्रमा थुप्रिएको सामानसमेत उचाल्ने काम गर्नेछ।?

मानव जान नसक्ने जोखिमपूर्ण स्थानमा लैजान समेत यो रोबोट प्रयोग गर्न सकिन्छ?, रोबोक्लब नेपालका संयोजक- ?पारस पौडेल भन्छन्- ?नयाँ रोबोट निर्माणपछि औद्योगिक क्षेत्रमा थप टेवा पुग्नेछ।? ?मिसन एभरेस्ट? नाम दिइएको सो तेस्रो राष्ट्रिय रोबोट प्रतियोगिता आगामी पुस ८ गते आयोजना गरिने भएको छ।

साभार : नेपालसमाचारपत्र दैनिक अन्य जानकारीको लागि रोबोटिक्स क्लब

0 Comments:

Post a Comment

<< Home