Reality Bites

Friday, September 22, 2006

दशै सुरु, शान्ति आशा जीबितै ।


आज घटस्थापना हो र म अहिले शँखमुल चोक नेर छु । झ्यालबाहिर हेर्दा तोरण टाङिएको छ । यो बाटो पिच भएको छ, यो हप्तामा नै । शन्खमुल महोत्सब र स्ट्रीट फेस्टिभल बाहिर भएरहेको छ ।म बसेको कोठामा टि भि को र बाहिरको आवाजको ध्वनि लगभग उस्तै छ ।

भर्खर यो लेख्न बस्दा शान्ति बार्ता टोलीका एक् सदस्य रमेश लेखकको बोल्ने पालो आइरहेको छ । उनले पक्कै पनि शान्तिबार्ताको बिषयमा बोल्ने छन् । र दशै अघि माओबादी सरकारमा जाने कुरा गरे भने म अर्को ब्लग् गर्छु । बिच बाटोमा ड्यास राखेर कार्यक्रम किन गरेको भनेर मन्त्रीले टिप्पणी गरे ! तर शान्तिबार्ता सकारात्मक दिशामा अगाडी बढने बाहेक उनको मुखबाट अरु केही खसेन ।
अशोक शर्मा र ॐ बिक्रम बिष्ट पनि उपस्थित छन ।

1 Comments:

  • Om Bikram Bista , Daulat Bikram Bista jo bhaye pani chahine peace ho ni, haina ra ?

    By Blogger Ajaya, at 4:44 PM  

Post a Comment

<< Home