Reality Bites

Monday, September 18, 2006

कान्तिपुर पाठक पत्रमा माथिल्लो तामाकोशी ।


जलविद्युतमा स्वदेशी लगानी
आइतबार माथिल्लो तामाकोशी विदेशीलाई दिइने समाचार पढ्दा मन दुख्यो । ३ सय ९ मेगावाटको माथिल्लो तामाकोशीजस्तो धेरै सस्तो आयोजनाका लागि स्वदेशी लगानी रकम गरिएमा महँगो बिजुली बाल्दै आएका नेपालीले केही राहत पाउने थिए कि ? वर्षेनि करिब नपुग ६० मेगावाट बिजुलीका कारण लोडसेडिङको चर्को मार भोग्नु परिरहेको छ ।

देश शान्तिमार्गमा हिँडिरहेको छ । सबै नेपालीले होस्टेमा हैँसे गरे भने अनुमानित करिब २८ अर्ब लगानीको आयोजना निर्माण गर्न राज्य ग्यारेन्टी बस्दा के बिग्रन्छ ? स्वदेशी बैंक, बिमा संस्थान, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषका साथै विदेशमा बसेका नेपालीले कमाउने वाषिर्क सयौं अर्ब रकममध्ये अलिकतिमात्र यता आकषिर्त गर्नसके सजिलै बन्छ आयोजना । यसमा राजनीतिक नेतृत्वको प्रस्ट दृष्टिकोण र बलियो इच्छाशक्ति चाहिन्छ । हामी आफैं नलागेसम्म देश विकास हुँदैन ।
लोकतन्त्र आइसकेपछि आर्थिक विकासको मेरुदण्ड जलविद्युत् र पर्यटनलाई बनाउनु आवश्यक छ । स्वदेशी लगानी गरेर ऊर्जामा आत्मनिर्भर हुँदै विद्युतीय राजमार्ग निर्माण र त्यसैसँग जोडिने बृहत् पर्यटन क्षेत्रसम्मको पहुँच नै नेपाललाई स्वीट्जरल्यान्ड बनाउने सपना देख्नेहरूको
यथार्थ हुनसक्छ ।

- उमेश भट्टराई
इटहरी, सुनसरी


यस पत्रको प्रकाशन गर्नु पूर्वको अवस्था भने यस्तो थियो ।

1 Comments:

Post a Comment

<< Home