Reality Bites

Monday, September 18, 2006

राधाको चिरफार ।


राधा पढेपछि उनको बियोगान्त भूमिकाले पाठकलाई चिथोर्छ । नारीबादी पाठक भएर निस्किनु कुनै नौलो कुरा हुँदैन यो पुस्तक पढेपछि । राधा र कृष्णको बाल्यकालको प्रेमले उनिहरुको भावी जीवनमा पारेको गहन प्रभावको सुक्ष्म अध्ययन गरेका छन थिनै कृष्ण धराबासीले जसको नाम उपन्यासको हिरो सँग मिल्छ । राधाको एकोहोरो लगाव, प्रेम र समर्पण छ तर उनी कृष्णको १६१०९ नम्बरको पत्नि बन्न अस्विकार गर्छिन्, जसले एक् दिन् पतिसँग भेटन ४० बर्ष कुर्नु पर्छ । र अन्त्यमा साधुनी को रुपधारणा गर्छिन ।

के कृष्ण गलत छन त? कृष्ण हरेक निर्णय समयको पदचापमा लिन्छन् जस्तो पल्पसा क्याफेमा नायक दृश्यले लिएको हुन्छ दृश्यको पल्पसा सँगको हरेक् भेट अचानक हुदै बिछोड पनि अचानक नै हुन्छ । २ लाखको मदन पुरस्कार् पाउने यि दुबै पुस्तकका लेखकले नारीको मन खोतलेका छन्।

राधामा लेखकले कल्पनाशक्तिको तिब्र जलप हालेका छन् जसमा उनले लिने निर्णयहरु आधुनिक र बैज्ञानिक छ । तर असिमित प्रेम, जुन उनको कमजोरी हो , त्यसले उनलाई कृष्णको अवगुणलाई किल्चन दिएन, र हरबखत बिचलित गराइरहयो । अहिलेको शिक्षित र आधुनिक नारीको आखाबाट हेर्दा, राधामा रहेको अन्तरद्नन्द, प्रेम र कर्तब्यको जालोले उनलाई बेरीरहयो र टाढिन पुगिन् कृष्णबाट ।

उपन्यासबाट साभार गरिएको एक अँस ।

0 Comments:

Post a Comment

<< Home