Reality Bites

Saturday, November 04, 2006

१४ हजार मेगावाटमा लगानी गर्न प्रस्ताव !!!!!

काठमाडौं, कार्तिक १७ - सरकारले अमेरिकी र भारतीय कम्पनीहरूलाई झन्डै १४ हजार मेगावाट बराबरको जलविद्युत् परियोजनाहरूमा लगानी गर्न प्रस्ताव गरेको छ । सरकारले उनीहरूलाई आवश्यक सहुलियत उपलब्ध गराउने प्रत्याभूतिसमेत दिलाएको छ ।

सरकारले प्रस्ताव गरेका परियोजनाहरूमा कणर्ाली चिसापानी -१० हजार ८ सय मेगावाट), तल्लो अरुण -३०८), अरुण-३ -४०२), माथिल्लो अरुण -३३५), दूध कोसी
-३००), बूढीगण्डकी -६००), कालीगण्डकी-२ -६६०) र माथिल्लो कणर्ाली -३०० मेगावाट) छन् । यसबाहेक सरकारले एक सय २६ वटा परियोजना पहिचान गरेको र त्यसमध्ये २४ वटा विभिन्न चरणमा पुगेको जनाएको छ ।

अमेरिकी दूतावास, नेपाल-अमेरिका उद्योग वाणिज्य संघ, अमेरिकी सहयोग नियोग -यूएसएआईडी), इन्टरनेसनल रिसोर्स ग्रुप -आईआरजी) र अमेरिकन चेम्बर अफ कमर्स इन इन्डियाले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनमा सरकारले अमेरिकी तथा भारतीय निर्माण कम्पनीलाई उक्त प्रस्ताव गरेको हो ।

Labels:

0 Comments:

Post a Comment

<< Home