Reality Bites

Friday, April 13, 2007

हिसिलाको हौसला ।

नेपाल इन्जिनियर एसोसिएसनको दसौ राष्ट्रिय सम्मेलनको आज समापन गर्दै भौतिक योजना र निर्माण मन्त्रीको जिम्बेदारी सम्हालेकी ने क पा माओबादीकी नेत्री हिसिला यमीले ध्वस्त गर्ने हातहरुले निर्माण पनि गर्नसक्ने बताएकी छन् ।

पुर्व पश्चिम , उत्तर दक्षिण सडक निर्माण गर्दा छिमेकी देशबाट आफ्नो अनुकुलको ठाउमा मात्र लगानी एवम् हस्तक्षेप् गर्ने कुरा गलत भएको उल्लेख गर्दै उनले देसको रणनैतिक् उदेश्यले बाटो तराई हुदै, कि पहाड हुदै कताबाट लाने हो त्यो नेपाली जनताले निर्णय गर्ने कुरा रहेको बताइन ।' रोल्पाको आधार सिविरमा यिनै कलिला हातहरुले ९३ कि मी को बाटो खनेका छन्' आर्किटेक्ट् इन्जिनीयर समेत् रहेकि उनले भनिन ' साथै उपचारको लागि क्षेत्रीय अस्पतालको समेत् निर्माण गर्यौ । ''भ्रष्टाचार पुरै हटछ त म् भन्दिन' बिच बिचमा निकै भावुक् हुदै सहभागी इन्जिनीयरहरुलाई सचेत् समेत् गर्दै उनले भनिन् ' तर यसमा कमी आउने म ठोकुवा गर्छु।'

धेरै पटक काठमान्डु केन्द्रीत सामन्ती राज्यसत्ताको बिरोध् गर्दै उनले क्षेत्रीय, प्रान्तीय् र जातीय सँघात्मक ब्यबस्थाले जनताले बिकासमा चासो देखाउने हुदा भ्रष्टाचारमा कमी आउने बताइन्।

कार्यक्रममा कोरियाका प्रोफेसर् जेम्सले केपिएल् ट्राङ्गलको अवधारणा प्रस्तुत् गरेका थिए । जसमा काठमान्डु, पोखरा र लुम्बिनिको बिचको ठाउ चितवनलाई हब सिटीको रुपमा बिकास गर्नुपर्ने छ । तिनै सहरलाई पर्यटकको केन्द्रबिन्दु बनाउदै चितवनमा अन्तराष्ट्रिय बिमानस्थल निर्माण गर्नुपर्ने उनको सुझाव थियो ।

कार्यक्रम सकिएपछि बिरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र परिसरमा भएको सास्कृतिक् सभा र खानपानमा माओबादी मन्त्रीकै उपस्थितिमा रक्सी, वाइन् र बियरको बिक्री बितरण आयोजकबाट गरिएको थियो ।

मन्त्रीलाई चिनौमा हिसिला यमीबारे मेरो सँसार
Engineers' Meet to be Held in April

Labels:

1 Comments:

Post a Comment

<< Home