नब्बेको नजिकै ।
 केहि समय अघि घर जादा हजुरबुवाको जोस जागर देख्दा लाग्यो नब्बेको छेउछाउ पुग्दा पनि उहाको नित्यकर्ममा कुनै बदलाव आएको छैन । ईटहरी चोकमा दैनिक गएर आफ्नै उमेरका दौतरी सँग राजनिति देखी अन्य क्षेत्रका कुरा गर्न उहालाई कसैले नभेटलान । इटहरी नगरपालीका छेउको चिया पसलमा भने नगरपालीकाले समाजका यि जेष्ठ नागरिकहरुलाई नि:शुल्क चिया खुवाएर सम्मान् गरिरहेको छ ।  हुनत आजै मात्र देशकै प्रधानमन्त्री पनि ८४ पुगे क्यार् । भन्छन नि - आगो ताप्नु मुढाको , कुरा सुन्नु बुढाको । तर कति पो हामीले त्यो मानेका छौ र । ?Labels: myself

0 Comments:
Post a Comment
<< Home