Reality Bites

Sunday, August 26, 2007

बराहले पछार्‍यो भारतलाई !!!!

(गत बर्ष रोबोकन २००६को फाइनलमा थाईल्याण्डलाई हराउदै भियतनाम तस्बिरमा )

आज भियतनाममा सम्पन्न अन्तराष्ट्रिय रोबोट प्रतियोगिताको प्रारम्भिक चरणको लीग खेलमा नेपाली रोबोट 'बराह'ले भारतको आई आई टी, नया दिल्लीलाई ५-३ को अन्तरले हराएको छ । समुहबाट नेपाल र भारतलाई पराजित गर्दै ईजिप्ट नकआउट चरणमा प्रवेश गरेको थियो ।

यस बर्षको रोबोकन् को उपाधी भने चिनले जितेको खबर प्राप्त भएको छ । आगामी बर्ष भारतले आयोजना गर्ने कुरा भएपनि पुष्टि हुनसकेको छैन ।

नेपालको प्रतिनिधित्व त्रिभुवन विश्वबिध्यालय, ईन्जिनियरिङ अध्ययन सँस्थान,पुल्चोक क्याम्पसमा रहेको रोबोटिक्स क्लबले गरेको छ । हाल सम्म लगभग १० अन्तराष्ट्रिय रोबोट प्रतियोगितामा क्लबले भाग लीइसकेको छ । रमेश चौधरी प्रशिक्षक रहेको यस टोलीमा बिशेस खनाल, राजकुमार चौलागाई र सलिम बक्स छन् ।

Labels:

0 Comments:

Post a Comment

<< Home