Reality Bites

Tuesday, August 26, 2008

रोबोट प्रतियोगितामा नेपाल भिडदै !

आगामी आईतवार नेपाली रोबोटले भारतको पुने शहरमा एसिया प्रशान्त क्षेत्रका झन्डै २ दर्जन देशहरुसँग प्रतिस्पर्धा गर्दै छ । सहभागी सहीत एक दर्जन नेपाली टोली , रोबोटिक्स क्लब , पुल्चोक क्याम्पसबाट सो प्रतियोगितामा भाग लिन शुक्रबार प्रस्थान गर्दै छन । भारतमा नेपालले सातौ अन्तरराष्ट्रिय रोबोट प्रतियोगितामा सहभागीता जनाउन गैरहेको बेला नेपाली टिमलाई शुभकामना छ , जापान, कोरिया र चाइना जस्ता देशलाई पराजित गाह्रोस भनेर ।

Labels:

Monday, April 07, 2008

नेपालमा रोबोकन २००८ को तयारी सुरु ।

आगामी ३१ अगष्ट आईतवार भारतको पुनेमा हुन गैरहेको अन्तरराष्ट्रिय रोबोकन प्रतियोगितामा नेपालको रोबोटिक्स क्लब सहभागी हुनेछ ।नेपालले यसको लागि तयारी सुरु गरिसकेको छ ।
झन्डै ५ महिना अगाडिबाट सुरु भएको तयारी अनुसार नेपालले यसपटक जित्ने रणनितीका साथ अगाडि बढने छ ।
भगवान कृष्णले दही चोरेर खाएको कथालाई आधार बनाएर 'गोबिन्दा' शिषकमा प्रतियोगी टोलिले रोबोट बनाउनु पर्नेछ ।सो रोबोटले दही राखेको सान्केतिक चिन्हलाई उचाल्नु पर्ने छ । जसबाट ४८ अंक प्राप्त गर्न तीन मिनेटको खेल अवधी हुनेछ ।
एसिया प्रशान्त क्षेत्रका जापान, कोरिया, चाइना लगायत एक दर्जन भन्दा बढी देशले भाग लिने यस प्रतियोगितामा नेपालले सन २००१ देखी सहभागी हुँदै आइरहेको छ ।



Labels:

Friday, March 07, 2008

रोबोट विकासमा सहयोग

काठमाडौं, फागुन २३ - नेपाली युवा उद्यमी मञ्चले रोबोट विकासका लागि विद्यार्थी समूहलाई ४५ हजार रुपैया“ सहयोग गर्ने भएको छ ।
आगामी अगस्त २९ मा भारतमा सम्पन्न हुने एसियन ब्रोडकास्टिङ युनिट रोबोकमको तयारीमा रहेको 'रोबोटेक्निक्स क्लब' लाई सहयोग गर्न लागिएको हो । मञ्चको पहलमा ज्योति ग्रुप, नेपाल फार्मास्युटिकल्स ल्याब प्रालि र डाइरेक्सन एग्जिबिसन एन्ड कन्भेन्सन सेन्टरले १५ हजारका दरले सहयोग प्रदान गर्न लागेको बिहीबार प्रकाशित विज्ञप्तिमा छ ।
मञ्चले यस किसिमको क्रियाकलापमा सहयोग पुर्‍याउन निजी क्षेत्रका अन्य संघ-संस्थालाई पनि आग्रह गरेको छ । 'प्रविधिले औद्योगिक विकासको गति निर्धारण हुने ह“ुदा प्राज्ञिक, औद्योगिकलगायत सबै क्षेत्रले यसको विकास तथा प्रयोगमा योगदान पुर्‍याउन आवश्यक छ,' विज्ञप्तिमा भनिएको छ ।

Labels:

Wednesday, September 12, 2007

बिजयको खुसी।

रोबोकन २००७ को उपाधी हनोई, भियतनाममा हात पारेपछि चिनका बिध्यार्थीहरु खुसियाली मनाउदै । आगामी बर्ष भारत, पुणे सहरमा आयोजना हुने रोबोकन २००८ मा नेपालले पनि सहभागीता जनाउदै छ । यो बर्ष नेपालले भारतलाई पराजित गरेपनि अन्य चरणमा जान सकेन ।

Labels:

Sunday, August 26, 2007

बराहले पछार्‍यो भारतलाई !!!!

(गत बर्ष रोबोकन २००६को फाइनलमा थाईल्याण्डलाई हराउदै भियतनाम तस्बिरमा )

आज भियतनाममा सम्पन्न अन्तराष्ट्रिय रोबोट प्रतियोगिताको प्रारम्भिक चरणको लीग खेलमा नेपाली रोबोट 'बराह'ले भारतको आई आई टी, नया दिल्लीलाई ५-३ को अन्तरले हराएको छ । समुहबाट नेपाल र भारतलाई पराजित गर्दै ईजिप्ट नकआउट चरणमा प्रवेश गरेको थियो ।

यस बर्षको रोबोकन् को उपाधी भने चिनले जितेको खबर प्राप्त भएको छ । आगामी बर्ष भारतले आयोजना गर्ने कुरा भएपनि पुष्टि हुनसकेको छैन ।

नेपालको प्रतिनिधित्व त्रिभुवन विश्वबिध्यालय, ईन्जिनियरिङ अध्ययन सँस्थान,पुल्चोक क्याम्पसमा रहेको रोबोटिक्स क्लबले गरेको छ । हाल सम्म लगभग १० अन्तराष्ट्रिय रोबोट प्रतियोगितामा क्लबले भाग लीइसकेको छ । रमेश चौधरी प्रशिक्षक रहेको यस टोलीमा बिशेस खनाल, राजकुमार चौलागाई र सलिम बक्स छन् ।

Labels:

Saturday, August 25, 2007

आज भिडदै छ 'बराह' ।

नेपाली रोबोट 'बराह्'ले आज भियतनामको हनोईमा १८ देशका १९ टिमसँग दर्‍हो प्रतिष्पर्धा गर्ने रोबोटिक्स क्लबले जनाएको छ ।जापान, चिन, कोरीया जस्ता बिकसित् देशको रोबोटसँग नेपालले कडा चुनौतिको सामना गर्नुपर्ने यो खेलमा समुह छनौटको बिवरण भने प्राप्त भएको छैन ।

BARAHA IN ABU ROBOCON 2007, VIETNAM

There are three automatic machines, the basic features of each of these robots are briefly explained below.

First Automatic Machine (Largest automatic):
Sensors used:
LDR sensors: These are Light Dependent Resistors which changes its resistance as the intensity of light incident on it is varied. We have used LDR’s for tracking the white guide lines of the gamefield as these sensors give different response for white lines from the remaining part of the game field. Since these sensors are completely dependent of light intensity, it should be properly shielded from ambient light.
ii) IR sensor: The infra red sensor is used to detect the object. The machine gets to know from what height to release the pearl on island with the help of this sensor which sends signal to the controller when object is detected in front of it.
Limit Switches: Simple limit switches are used to know the physical positional limit of different parts. For example the slider has the lower and upper limit and motor must be stopped when slider reaches this limit. The limit switches cuts the electric signal when it is pressed physically.
Motor Driver:
The motors are driven with the H-bridge made up of n-channel mosfet. We designed the H-bridge circuit but it took much time to refine it and make it reliable with lots of protection added to the simple H-bridge circuit. It was a great to see the stepwise improvement of the circuit as we experimented and analyzed it for almost a week. We were exhilarated when it finally worked very well.
Mechanical features:
The machine consists of a slider that allows the vertical movement of the grip so that the machine can pick the pearl from the floor and then put it on the island. The sliding mechanism uses rack and pinion arrangement. The grip uses pulley to grip and release the pearl. Similarly, there is stack rod on the machine that is used to stack the picked pearl. Stack can rotate in horizontal plane with a range of about 120 degree.

SECOND AUTOMATIC MACHINE(medium sized robot):
Sensors used:
As the first robot it uses ldr to track the lines.
Optical encoder: The optical encoders are attached to the small disc and the disc will rotate as the machine moves. The optical encoder gives pulses at the rate proportional to the speed of the machine. In this way feedback is taken from the encoder and is used to determine the position of the robot, The same feedback approach is taken along with our control algorithm to make robot move in a straight path when required.
IR sensors and limit switches: Same use as that in first automatic machine.
Motor Driver:
As with previous machine, our custom made H-bridge driver is used. Since the feedback system is used for speed control the bridge circuit is enhanced with PWM (Pulse Width Modulation) input, so the speed of motor is proportional to the duty cycle of pwm input.
Mechanical feature:
It is pretty similar to the first automatic machine. The stack rod is not present in this machine. Apart from that all other mechanism are same.

THIRD AUTOMATIC MACHINE(small sized robot)
This is a very simple machine with very limited task of defense. We had thought of enhancing its feature to use it in offence to. However the time limitation prevented us from modifying it. .

MANUAL MACHINE:
The manual machine consists of simple electronics. It simply consists of driver circuit with relays and limit switches. It has relatively complex mechanisms compared to automatic machines.
The sliding mechanism is similar as that of automatic machines. Further it contains slider that can slide horizontally. The gripping mechanism is bit different from that of automatic machines to allow greater tolerance in gripping the pearl. It has two grips that are controlled individually. We had suspension system to absorb the shock. However the inherent complexity of this system in controlling the machine and very limited time to modify it compelled us to remove the system.

Labels:

Wednesday, August 22, 2007

नेपाली रोबोट टोली बिहिबार भियतनाम् जाने।

आगामी भदौ ९ गते आईतबार नेपालले सातौ अन्तराष्ट्रिय ए बि यु बिश्वबिध्यालय स्तरिय रोबोट प्रतियोगितामा सहभागी हुन प्रतियोगी भोली भियतनाम प्रस्थान गर्दैछन् ।रोबोटिक्स क्लब, पुल्चोक क्याम्पसले यस बर्ष 'बराह्' नामको रोबोट उतार्दै छ । जापान्, कोरीया,चिन जस्ता बिकसित देश लगायत एसिया प्रशान्त क्षेत्रका १९ देशका २० प्रतियोगि उक्त प्रतियोगितामा हुनेछन् ।

रमेश चौधरी प्रशिक्षक सहित बिशेष खनाल, राजकुमार चौलागाई र सलिम बक्सले नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपालको रोबोट निर्माण गर्दाको अनुभव टोली प्रमुख बिशेषको शब्दमा, ए बि यु को वेबसाइटमा २१ जून २००७ माँ प्रकाशित .......

Presently, 3 students and an instructor who is a Robocon expert are working on the Robocon project at Tribhuvan University. We are almost done with the first automatic robot and the second automatic robot is almost finished as well. The third robot is on the designing process and it takes some more time to complete. The design of manual robot has been completed is being fabricated right this moment.

ABU Robocon is one of the most prestigious competitions for us. It is a matter of great pride to represent our country in an international event in which such a large number of students from the Asia-Pacific participate. This is my first experience in designing and building robots but it gives me a great pleasure when problems are solved after days of hard work. Robocon has taught me 'try and try, never say die' attitude. In four years of studies at university, we students in the engineering field barely get the chance to put our knowledge to use. ABU Robocon provides us with a wonderful opportunity to a hands-on experience.

Robocon is a platform where we can share knowledge and information with students from around the world. We are looking forward to the ABU Robocon 2007 in Hanoi and are working really hard to bring out the best from us.
Best of Luck to all other participating teams!

Labels:

Saturday, July 28, 2007

रोबोट चौधरी !


नेपाली रोबोट क्षेत्रको ईतिहासमा रमेश चौधरीको नाम किन पनि अगाडी आउछ भने सन् २००१ को मार्चमा जापानमा प्रथम पटक भएको रोबोट प्रतियोगितामा नेपालको पहिलो अन्तराष्ट्रिय सहभागिताको लागि उनले गरेको प्रयास सम्झनायोग्य त छदैछ , साथै निरन्तर एक दशक भन्दा बढीको उनको रोबोटको बिकाशको लागि बिताएको क्षणहरु पनि नेपाली रोबोटको स्तरमा आएको स्तरियतासँग दाजेर हेर्नुपर्ने हुन्छ ।र पहिलो पटक उनि आगामी भाद्र ९ गते रोबोट प्रतियोगितामा नेपालको प्रशिक्षक भएर भियतनाम जादै छन्। जित्ने अग्रिम् सुभकामना छ , उनलाई र नेपाली टिमलाई

Labels:

Thursday, July 12, 2007

नेपाली रोबोटका महारथीहरु ।

तिन स्वचालित र एक अर्ध स्वचालित रोबोटका साथ भियतनाममा आगामी भाद्र ९ गते मानिसहरुलाई समुद्री ड्रागनले बचाएको कथामा आधारित रोबोटिक खेलमा नेपाल पनि सहभागी हुन गैरहेको छ । नेपालको तर्फबाट पुल्चोक क्याम्पस स्थित् रोबोटिक्स क्लबबाट बिशेष खनाल, राजकुमार चौलागाई र सलिम बक्सका साथै टिमका प्रशिक्षक रमेश चौधरी समेत छन् । नेपाली रोबोट यसै साता हनोई पठाइने छ भने नेपाली टोली भदौको पहिलो हप्ता सहभागी हुन जानेछन् ।

प्रतियोगितामा जापान, चीन, कोरीयाका साथै दक्षिण एसियाबाट भारत, बँगलादेश र श्रीलन्काका बिश्वबिधालयका १९ टोलीले भाग लिने छन ।

Labels:

Monday, July 02, 2007

भियतनाममा भिडने तयारी .....

२६ अगष्ट २००७मा भियतनाममा आयोजना हुने रोबोट प्रतियोगितामा भाग लिनको लागीनेपाली रोबोटको तयारी भैरहेको रोबोटिक्स क्लबबाट थाहा भएको छ । यि साथीहरुले क्लबमा काम गरिरहेको देख्दा मलाई साथीहरु अजय, रत्न र सन्तोषको खुब याद् आएकोछ । उनिहरुको त्यो खटाई, काम् प्रतिको लगनशिलता सायद् नेपालको नाम अन्तराष्ट्रिय क्षेत्रमा दिलाउन सहयोगी रहयो नै । हाल सम्म लगभग १० अन्तराष्ट्रिय रोबोट प्रतियोगितामा क्लबले भाग लीइसकेको छ ।

Labels:

Wednesday, June 06, 2007

जापानीहरु बुझ्दैछन् नेपाली रोबोट् ।


नेपाली रोबोटको बारेमा जापानीहरुले चासो दिएर हाल डकुमेन्टरी बनाइरहेको जानकारी रोबोटिक्स क्लबबाट प्राप्त भएको छ । आगामी दिनमा भियतनाममा आयोजना हुने रोबोट प्रतियोगिताको लागी तयारी सुरु भैरहेको छ । सन् २००१ देखी नेपालले ए बि यु अन्तराष्ट्रिय रोबोट प्रतियोगितामा सहभागी हुदै आएको छ ।

Labels:

Friday, April 13, 2007

पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी नेपाली रोबोट् ।

नेपालले पहिलो पटक सन् २००१ मा जापानको कोरियामा सहरमा आयोजित् एन् एच् के रोबोकनमा सहभागी भएको थियो ।
यस प्रतियोगितालाई नेपाल न्युज् डट् कम् र नेपाल समाचारपत्र दैनिकले पहिलो पृष्ठमा एङ्कर न्युज दिएको थियो । गुगलको जादु नै भनु सर्च् गर्दा यो पुरानो इतिहास सम्झाउने फोटो भेटेकोले यहा रखेको छु ।
यसमा रहेका दायाबाट क्रमस: रमेश् चौधरी, यम प्रसाद चापागाई, दिपेश थापा र सुरज पाण्डे रहेका छन् । यसमध्ये रमेश भने पुल्चोकको रोबोटिक्स् क्लबमा हालसम्म पनि सँलग्न छन् ।

Labels:

Friday, March 09, 2007

Dream to fight Japan in Robotics!!!!


Hey !!! Its sure we can fight with any country of the world. We have so much power and dedication but we can not concentrate our hardwork on the real situation.
The photograph was taken on ABU Robocon 2004, Seoul, Korea.

Labels:

Thursday, January 25, 2007

भारतमा भोली रोबोटको भिडन्त।

आई आई टी बम्बैले आयोजना गरेको रोबोट प्रतियोगिता भोली देखि २ दिन सम्म हुदैछ ।नेपालको रोबोटिक्स् क्लबले उक्त प्रतियोगिता जित्ने प्रबल् सम्भावना रहेको क्लबका नेता रमेश चौधरीले आज पुल्चोकमा बताउनुभएको छ । १७ जनाको नेपाली टोली उक्त प्रतियोगितामा सहभागी हुन आई आई टी पुगिसकेको छ ।
नेपाली रोबोटको स्पीड धेरै छ , चौधरीले भने, हामी प्रतियोगिता जित्छौ ।

Labels:

Sunday, December 31, 2006

राष्ट्रीय रोबोट प्रतियोगीता पुष २९ गते हुने ।




रोबोटिक्स् क्लबले आगामी पुष २२ गते गर्ने रोबोट प्रतियोगिता बिशेष कारणबस पुष २९ गते हुने बताएको छ । यसमा देसभरिका करिब १२ इन्जिनीयरिङ् कलेजले भाग लिने बताइएको छ । मिसन् एभरेष्ट नाम दिइएको रोबोकप २००६ को नारा Cleaning Sagarmatha : Pride of Nation रहेको छ ।

Labels: