उड्न पाएन डाँफे
डम्बरकृष्ण श्रेष्ठ
इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसको मेकानिकल इञ्जिनियरिङ विभागका विद्यार्थीले गएको मङ्सिरमा बनाएको हलुका विमान 'डाँफे' नेपाल नागरिक उड्डयन प्राधिकरणबाट परीक्षण उडान अनुमति नपाएपछि क्याम्पस हातामा थन्किएको छ।
हवाईजहाज निर्माण गर्ने आठजनाको टोलीका प्रमुख विकास पराजुली ५० लिटर पेट्रोलबाट यो जहाज दुई जनालाई लिएर ६ हजार फिट माथि आकाशमा प्रतिघण्टा सय किमिसम्मको गतिमा दुई घण्टा उड्न सक्ने दाबी गर्छन्। रसियाका सिनियर क्याप्टेन अलेक्जेण्डर म्याक्सिमोभले नेपाल आएका बेला सबै प्राविधिक पक्षको जाँच पड्ताल गरी आफू कुनै पनि बेला विमान उडाउन तयार रहेको वचन दिएका छन्। अनुमतिका लागि धेरै पटक मन्त्रालय र प्राधिकरण धाइसकेका विकास भन्छन्, “अनुसन्धान र शैक्षिक प्रयोजनका लागि बनाइएको यो विमानको परीक्षण गर्न नपाउँदा हाम्रो मिहिनेत खेर जान लागेको छ।” क्याम्पसका मेकानिकल इञ्जिनियरिङ विभाग प्रमुख रामचन्द्र सापकोटा सरकारले अनुमति दिएर विद्यार्थीहरूलाई प्रोत्साहन गर्नुपर्ने बताउँछन्। विमान बनाउन सहयोग गर्ने एभिया क्लब नेपाल, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, नेपाल टुरिज्म बोर्ड र नेपाल एयरलाइन्सले पनि परीक्षण अनुमतिको लागि पहल गरिरहेका छन्। नेपालको हवाई नीतिले एभिएशन स्पोर्टस् र साहसिक अनुसन्धानात्मक उड्डयनको लागि माइक्रो लाइट, ह्याङ ग्लाइडिङ, पारा जम्पिङ ग्लाइडिङ, हेलि स्किङ्ग, हट एयर बेलुनिङदेखि वायुयान सञ्चालनसम्मलाई अनुमति दिन सकिने व्यवस्था गरेको छ। जस अनुसार डाँफेले अनुमति पाउनुपर्ने विद्यार्थीहरूको जिकिर छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा सार्वजनिक गरिएको सो विमानको परीक्षण अनुमति उड्डयन प्राधिकरणलेे पार्टपुर्जा र अन्य प्राविधिक तथा कानूनी अड्चन देखाएर रोक्का गरिएको बुझुएको छ। मन्त्री गुरुङले हिमाल सँग भने, “मैले खतरा मोलेर भएपनि परीक्षण अनुमति दिनुपर्छ भनेको छु, तर प्राधिकरणले मानेको छैन।” प्राधिकरणका महानिर्देशक यज्ञप्रसाद गौतमले भने यस विषयमा कुरै गर्न चाहेनन्, आफ्नो पीएमार्फत 'पर्यटन मन्त्रालयलाई नै सोध्नू' भन्ने जवाफ दिए। प्राधिकरणका एक अधिकारीको भनाइमा मन्त्री, सचिव, क्याबिनेटमध्ये एकले परीक्षण इजाजत दिनू भनी आधिकारिक पत्र पठाएमा प्राधिकरणले अनुमति दिनेछ।
विकासले साथी गणेशराम सिन्केमनसँग मिलेर तीन वर्षमा यो विमान बनाएका हुन्। यसमा क्याम्पसका अन्य विद्यार्थी रमेश रानाभाट, रवीन्द्र श्रेष्ठ, दिनेश पौड्याल, बाबुराम खरेल, अनिल महर्जन र प्रशान्त मल्ल तथा हवाई इञ्जिनियर उदयकृष्ण श्रेष्ठले सहयोग गरेका थिए। पाइलट ट्रेनिङ स्कुल तथा व्यावसायिक उडानमा सक्रिय संस्था एभिया क्लब नेपालले आवश्यक इञ्जिन, प्रोलिभर जस्ता एयरक्राफ्टका पुराना कवाडी सामानहरू उपलब्ध गराएको थियो। विकास भन्छन्, “खर्च भएको रु.१० लाखमध्ये ६ लाख सहयोग जुटेको थियो र अरू आफैँले हालेका थियौँ।”
शुरुमा नेपालमै हवाईजहाज बन्छ भनेर कसैले नपत्याएको बताउँदै विकास भन्छन्, “यो परीक्षण सफल भए अरू तीन–चार वर्ष अनुसन्धान गरेर र विदेशी सामानहरू झुकाएर हामी नेपालीले नै यस्तो विमान बनाउन सक्छौँ।” बढीमा रु.२० लाखमा बन्ने यस्तो विमानको व्यावसायिक उत्पादन सम्भव भए पर्यटन प्रवर्द्धन र नेपालका डाँडाकाँडामा यातायातका लागि उपयोग गर्न सकिने उनको विश्वास छ।

Labels: paragliding
0 Comments:
Post a Comment
<< Home