Reality Bites

Monday, October 01, 2007

सुचनामाथि साङ्लो

रियालिटी बाइटस्
रसुवा, नेपाल

देशको सर्वाधिक बिक्री हुने, साथै जनजनको ढुकढुकी पहिल्याउन सफल राष्ट्रिय दैनिक कान्तिपुरको शुक्रबारको प्रकाशन अवरुद्ध भएको खबर पाउँदा गला अवरुद्ध भयो । दुर्गम जिल्ला रसुवामा पहिराको नेटो काट्दै आउने बसमा पनि बेलुकीपख कान्तिपुर आएन । त्यो दिनको बिहानी त्यत्तिकै सूचनाविहीन साँझमा अस्ताएजस्तो भयो ।
१५ वर्षदेखि नियमित प्रकाशन भइरहेको कान्तिपुरको इतिहासमा माओवादी सम्बद्ध ट्रेड युनियन
एकाएक कसरी आयो ? प्रकाशन बन्द हुँदा लाखौंलाख जनताको सूचनाले भरिपूर्ण बिहानी खोसिएको महसुस भइरहेछ । के आफ्नो हक र अधिकारको नाममा लाखांै निर्दोष जनताको सामान्य सूचना पाउन संविधानले प्रत्याभूत गरेको मर्ममाथि बज्र प्रहार गर्न पाइन्छ ? कस्तो खालको समाज र राष्ट्रको हामी परिकल्पना गरिरहेका छौं ?
निष्पक्षता र सत्यतासँगै सूचना जनताको अधिकार भनिरहेको प्रकाशन गृहमाथि धावा बोल्दा किन माओवादी नेतृत्वभित्र रहेका वुद्धिजीवीहरू चुपचाप छन् ? एउटा पत्रिका एक दिन बन्द हुँदा त्यसले देश विकासको गतिलाई कति वर्ष पछि धकेल्छ भन्ने अनुसन्धानले बताउला ? सूचनामाथि साङ्लो लाउने प्रयत्न फेरि कसैले गरे जनताले तिनलाई पक्कै पनि सजाय दिनेछन् ।

तसबीर ब्लोग.कॉम.np

Labels: