Reality Bites

Friday, November 30, 2007

धान्दैछ धनकुटाले !

ब्यस्त हिले बजार ।
सुन्तलाको बोट, माओबादीले धेरै बर्ष अघि जलाएको गाडी र बसपार्कको सुन्दर द्रिश्यको त्रिकोणमा मैले धनकुतालाई पाए, तर अर्को फुर्ति थियो झमकको घरमा ।

मोफसल भन्ने शब्दको धेरै उल्लेख गर्ने ति युवा साहित्यकार झमक घिमिरेको लेखाईले बताईरहेको थियो -यहाको राजधानीसम्मको दुरी एक दिन वा एक रात मात्र होइन , कैयौ दशक पछि छ भन्ने कुरा ।



अनि पहिलो तस्बिरमा देखिएको ब्यस्तता थियो , धनकुटाबाट १२ कि मी माथि अलिक उचाईमा रहेको हिले बजारको । अब यसले धानिरहेको छ , पहाडको हाटको काम, त्यो पनि मोबाईल सँगै, सडकमा गाडी सँगै अनि मस्तिले हिमाल हेर्दै ।



सल्लेरी , धनकुटाको दृश्य ।





Labels:

नेपाली इन्जिनियरको सपना :प्याराग्लाईडिङ् !

आकाश छुने सपना लिएर नेपाली बिधार्थीहरु अब एक हप्ताभित्र नेपाली आकाश चुम्ने सपनामा ब्यस्त छन् । अन्तराष्ट्रिय रोबोट प्रतियोगितामा नेपालको तर्फबाट सन् २००२ मा कोरीयामा सहभागी भएका बिकास पराजुली सहितको एक दर्जन इन्जिनियरिङ्का सिकारु बिध्यार्थी अहिले पुल्चोक क्याम्पसमा प्याराग्लाईडिङ्को निर्माणमा दत्तचित्तले लागिरहेका छन् ।
कुल दश लाखको बजेटमा बन्ने यसको लागि उनिहरुसँग आर्थिक सहयोग गर्ने कोहि पनि नहुदा नहुदै पनि आट र हिम्मत भने उनिहरुमा छ ।
बेला बेलामा नेपालीले बनाउदै छन् भन्ने हल्ला पिटने गरेपनि गरेपनि यसपटक भने ६००० फिटमा उडन सक्ने क्षमताको स्वदेशी पहिचानको साथ यसले आफ्नो उडान भर्ने छ नै ।
मान्छेले भन्लान् कि -यो नक्कल गरेको, पोखराको आकासमा अहिले भरिएको ग्लाईडरको कोपी हो, तर तिनलाई दिने जवाफ मेरो यति मात्र छ कि -' कमसेकम यो आट गर्न तपाईले किन गर्न सक्नु भएन्, किन पहिलो पटक केहि गर्न खोज्ने मान्छेलाई तपाईले एम्बुसमा पार्न खोज्नु हुदैछ । ' अनि किन तपाईले भर्खरै नाष्टले बितरित बिज्ञान क्षेत्रका उत्क्रिष्ठ पुरस्कार पाउने ब्यक्तिहरुको फेरि एकपटक योगदान के, कति कारणले सम्झनु भयो नि ?

Labels:

Monday, November 12, 2007

झमकसँग झम्काभेट

दशैअघिको एकदिन भेटिएकी युवा तारा झमक घिमिरे साच्चै नै ओझेलमै रहिछिन । धनकुटा शहरको एक कुनामा बसेर चेतनाको झिल्का नेपालमा फैलाईरहेकि यिनले देखाइदिएन कि- देब्रे खुट्टामा पनि मानविय भावना पोख्न सक्ने क्षमता मात्र छैन, सिङ्गो समाजभित्रको कुरिति बिरुद्द लडने ताकत छ ।
मान्छे अपाङ्ग भएर उसको प्रतिभालाई दया हैन, आत्मसम्मानसाथ बाच्न दिने हो भने सयौ झमकहरु हाम्रै घर आगनबाट चम्कने छन।

Labels: