Reality Bites

Wednesday, May 09, 2007

लुकेको बुद्द् !!!!

हरेक् ब्यक्तिको मनमा रहेको सँकुचित भावनाको प्रतिनिधित्व गर्छ यो तस्बिरले ।

रसुवाको गत्लाङ छेउको पार्वतीकुण्ड नजिकै रहेको बुद्दको मन्दिरमासायद रसुवाको स्वयम्भु नै होला , त्यसको भित्र रहेको दर्जनौ फोटोमामलाई यो फोटो हेर्दा अचम्म भए । तर यसको बारेमा त चित्रकारलाई भन्दा बढी अरुलाई के थाहा ।

सायद कलाकार नै रहेछ, मानिसको सोचको आकार दिने ? उसदेखी त जो पनि डराउनुपर्ने रहेछ । होइन?

Labels:

Sunday, May 06, 2007

बिदेशिने दौड ।

भर्खरै एकजना दाईले भने भाई कहिले बाहिर जाने हो ? यो प्रश्नको जवाफ म सँग छैन् । तर एयरपोर्टको लस्कर देख्दा भने त्यो रहर् गर्नै मन लाग्छ , केहि क्षणको लागि भएपनि ।

Labels:

Friday, May 04, 2007

कुलेखानी दोश्रोको १६ मेगावाट अवरुद्द !!!

जेनेरेटरमा आएको खराबीको कारणबाट कुलेखानी दोश्रो जलबिधुतको दुई युनिटको ३२ मेगावाट क्षमतामध्ये एक क्षतिग्रस्त भएको छ । रियालीटी बाईटसलाई एक साथी मार्फत प्राप्त जेनेरेटरको जलेको वाईन्डिङ्को एक्सक्लुसिभ फोटो यहा राखिएको छ ।
यसको मर्मतको लागि स्वदेशी,बिदेशी प्राबिधिकहरु प्रयासरत छन्।

Labels:

Thursday, May 03, 2007

प्रेस अधिकार सुनिश्चित भएन

कान्तिपुर संवाददाता काठमाडौं, वैशाख १९ - श्रमजीवी पत्रकार ऐन र सूचनाको हकसम्बन्धी विधेयकलाई अझै संसद्ले अन्तिम रूप दिन नसकेको नेपाल पत्रकार महासंघका सभापति विष्णु निष्ठुरीले बताएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसमा क्रियाशील पत्रकार महिला -डब्लूडब्लूजे) ले बुधबार आयोेजना गरेको 'पत्रकार महिलाको स्थिति' विषयक कार्यक्रममा उनले मानव अधिकार र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न ती विधेयक पारित गर्न सरकारस“ग माग गरे ।

यसैगरी महासंघले प्रेस स्वतन्त्रता दिवसमा बिहीबार मुलुकभरि प्रभातफेरीलगायतका कार्यक्रम आयोजना गरेको छ ।





Labels: