Reality Bites

Thursday, April 10, 2008

अस्ताउदै छ राजतन्त्र !

सँबिधान सभाको चुनाव बिना हिँसा समाप्त भई सकेपछी पहिलो पटक मैले हालेको भोटले राजा बिनाको नेपालको परीकल्पनामा लालमोहर लागेको छ ।
बेलुकी पख अस्ताउदै गरेको सुर्योदयको द्रिश्य खिच्दै गर्दा मलाई लाग्यो - "अब जनताको हातमा पावर चाहियो, एक युगमा एक पटकको लागि !"

Labels:

Monday, April 07, 2008

नेपालमा रोबोकन २००८ को तयारी सुरु ।

आगामी ३१ अगष्ट आईतवार भारतको पुनेमा हुन गैरहेको अन्तरराष्ट्रिय रोबोकन प्रतियोगितामा नेपालको रोबोटिक्स क्लब सहभागी हुनेछ ।नेपालले यसको लागि तयारी सुरु गरिसकेको छ ।
झन्डै ५ महिना अगाडिबाट सुरु भएको तयारी अनुसार नेपालले यसपटक जित्ने रणनितीका साथ अगाडि बढने छ ।
भगवान कृष्णले दही चोरेर खाएको कथालाई आधार बनाएर 'गोबिन्दा' शिषकमा प्रतियोगी टोलिले रोबोट बनाउनु पर्नेछ ।सो रोबोटले दही राखेको सान्केतिक चिन्हलाई उचाल्नु पर्ने छ । जसबाट ४८ अंक प्राप्त गर्न तीन मिनेटको खेल अवधी हुनेछ ।
एसिया प्रशान्त क्षेत्रका जापान, कोरिया, चाइना लगायत एक दर्जन भन्दा बढी देशले भाग लिने यस प्रतियोगितामा नेपालले सन २००१ देखी सहभागी हुँदै आइरहेको छ ।



Labels: