Reality Bites

Thursday, August 31, 2006

साझ पख एकान्तमा


पुल्चोक क्याम्पस छोडेको २ बर्ष पुग्न आटेछ। तर यादहरु अझै ताजा छ । यो फोटो मेकानिकल को छतबाट खिचेको हो , करिब २ बर्ष अगाडि । त्यो खुला आकास , त्यो हावाको टर्बाइन । सबै जस्ताको तस्तै छ। अनि कसरि भन्ने समय बित्यो भनेर। सम्झनाको आकाश त अझै खुला छ ।

Friday, August 25, 2006

गोसाईकुन्ड । । पर्यटकको रोडम्याप

काठमाडौं बाट १४० कि मी टाढा । । ।



आफ्नै भाषामा ब्लग सुरु गर्दैछु । थाहा छैन यसलाई निरन्तरता दिन सक्छु कि सक्दिन, अब काठमाडौं बाट बाहिर जानु पर्ने पनि भएकोले पनि यो सोच्न थालेको हो । आखिरमा यही देसमा बस्नुको बिकल्प पनि केही भेटिएन । हेरु नयाँ र नितान्त निजी कुराहरु यसमा समेटन मेरो प्रयास जारी रहनेछ । र यो देशको बारेमा केही सोच यही काम गरेपछि आउछ कि ? हरेक पटक एउटा तस्वीर ब्लगमा पार्न मेरो प्रयास हुनेछ । ताकी घटनाको यथार्थता सबैमा पुगोस् । अब यही देशको प्रकृतिमा हराउ कि जस्तो लाग्छ घरि घरि ।