Reality Bites

Saturday, November 11, 2006

जादा जादै ।


From Friday, September 22, 2006 to November 11, 2006
Page Loads 1,003
Unique Visitors 499
First Time Visitors 285
Returning Visitors 214

मैले यो ब्लगमा काउण्टर राख्दा १००० जना पुगेपछि सुचना दिन्छु भनेको थिए । आज पेज् रिलोड गर्नेको सँख्या १००० नागेको र युनिक भिजिटरको ५००पुगेकोले यसमा सबै पाठकलाई धन्यबाद् दिनचाहन्छु ।

एक हप्ता प्राबिधिक कारणले यो ब्लग् अपडेट गर्न सक्ने छैन । तर अब कुन तरिकाले ब्लगलाई अगाडि बढाउने यसबारेमा मअझै सोचबिचार गर्दै छु। र कमसेकम कुनै नितान्त नया कुरा कपि पेष्ट नगरि दिन त एकदम नै गारो छ । हेरु अब नया रुपमा आउने मेरो प्रयास् हुनेनै छ । तर केहि समय त लाग्ला नै ।

तपाईको ब्लग पेजमा पनि काउण्टर राख्ने हो भने यो साइटमा जानु होला ।

Labels:

Friday, November 10, 2006

Dream of Prachanda : Is it Reality?


How do you image Nepal in 10- 20 years from now?

«Our country and our people have lots of opportunities for prosperity. We are now poor, but not because we don’t have natural and human resources. We are poor because of the policy enforced by the feudal King Gyanendra.
We have resorses for hydroelectric power, thanks to the large amount of water coming off the Himalayas. Tourism could also create enormous income for us, thanks to our marvellous mountains, our historical and religious sites and our astonishing natural parks.
Not to mention our agriculture, the land in Terai is potentially very fertile With good government we can become one of the richest country in South Asia. But we need transport, hi tech and scientific projects, infrastructures, and a lot of courage. In ten years we’ll change the whole scenario, rebuilding this country to prosperity.
In 20 years we could be simular to Switzerland. This is my goal for Nepal».
Prachanda's interview with Italian Newspaper ....more on United We Blog

Labels:

Wednesday, November 08, 2006

के बार्ता सफल भयो ?

आज सुनिएको समाचारमा चाहि केहि दम छ। र अब फेरि यसरी नै हरेक पटक जनतालेबार्ताको लामो र दिक्दारलाग्दो पर्खाइमा बस्नु पर्ने छैन।


बार्ता अझै पुरा सफल् भएको भने छैन , जब राजतन्त्रको बारेमा सँबिधानसभाको चुनाबले केहि निर्णय गर्दैन, तबसम्म मलाई लाग्छ नाटक् सकिदैन ।


अब माओबादी मन्त्रीहरुको सुचि दिन थाल्नेछन , अखबारहरुले । के महरा शिक्षा मन्त्री, अनि बाबुराम् उपप्रधानमन्त्री र जलश्रोत। अनि अनि अरु । हा हा शान्ति आएको बिस्वास नै भएको छैन ।


Labels:

Tuesday, November 07, 2006

बार्तामा उभिएको पर्खाल ।

खोइ कसरी भन्नु आज पनि बार्ता कुनै निष्कर्षको नजिक पुग्छ कि पुग्दैन । नत्र दैनिक पत्रीकाको हेड्लाइन दोहोरिन सक्छ ।

यो फोटो चर्चित् ब्लगर् अनामिकाको पेजमा भेटे । र त्यो सदाबहार् कपाल खौरेको फोटोग्राफर सागर श्रेष्ठ नै हुनुपर्छ । पुल्चोक क्याम्पस मा ४-५ बर्ष अगि स्पेस टाइम दैनिकको पहिलो पेजको लागि रोबोटको फोटो खिच्न कम्मर् भाच्ने उ अहिले सायद् नेपाल् समाचारपत्र दैनिकमा छ ।

त्यो मान्छेको जस्तो उचाई एउटा राम्रो फोटोग्राफरको लागि उपयुक्त हुन्छ पनि, तेसमा पनि बालुवाटारको पर्खालबाट चिहाएर बार्ताको ब्रेकिङ् फोटो आज भोलि खिच्न उसलाई सजिलो पनि भैइरहेको होला।

Labels:

Saturday, November 04, 2006

म त दुर देखि आए !!!


कोई छ, मलाई उठाई देउ ।
एउटा किनारा सम्म ।
म चाहन्न कसैको बाटोमा तगारो भएर ठडिन ।

या मलाई जलाई देउ ।
तिमीले न्यानो पाए ।
तयार छु म एक्लै खरानी हुन ।




Labels:

खोइ मेरो भविष्य?


के सँबिधान सभा को चुनाव वा राजतन्त्रको अन्त्यपछि यिनिहरुले पनि निशुल्क रुपमा उच्च अध्ययन गर्न पाउछन् त !
खोइ कसले जिम्बेदारी लिएको छ , यिनको भविष्य को !!!
के यिनिहरुले पनि आफ्नै ब्लग पेज खोल्न आफ्नै बिचार राख्न पाउदैनन् त?
नत्र फेरि हतियार बोक्ने तयारी गरे भने नि???

Labels:

मेरो सानो घर । मेरो आफ्नो घर ।

यो घरले एउटा बास्तविक नेपालको प्रतिनिधित्व गर्छ कि? ठुला ठुला योजनाकारले कमसेकम यो घरमा बस्ने मान्छेको लागि केहि सोचे भने , कतै हामी पनि बाहिरको बिश्वमा चिहाउन सक्थ्यौ कि,आफ्नै बल बुतामा?

Labels:

१४ हजार मेगावाटमा लगानी गर्न प्रस्ताव !!!!!

काठमाडौं, कार्तिक १७ - सरकारले अमेरिकी र भारतीय कम्पनीहरूलाई झन्डै १४ हजार मेगावाट बराबरको जलविद्युत् परियोजनाहरूमा लगानी गर्न प्रस्ताव गरेको छ । सरकारले उनीहरूलाई आवश्यक सहुलियत उपलब्ध गराउने प्रत्याभूतिसमेत दिलाएको छ ।

सरकारले प्रस्ताव गरेका परियोजनाहरूमा कणर्ाली चिसापानी -१० हजार ८ सय मेगावाट), तल्लो अरुण -३०८), अरुण-३ -४०२), माथिल्लो अरुण -३३५), दूध कोसी
-३००), बूढीगण्डकी -६००), कालीगण्डकी-२ -६६०) र माथिल्लो कणर्ाली -३०० मेगावाट) छन् । यसबाहेक सरकारले एक सय २६ वटा परियोजना पहिचान गरेको र त्यसमध्ये २४ वटा विभिन्न चरणमा पुगेको जनाएको छ ।

अमेरिकी दूतावास, नेपाल-अमेरिका उद्योग वाणिज्य संघ, अमेरिकी सहयोग नियोग -यूएसएआईडी), इन्टरनेसनल रिसोर्स ग्रुप -आईआरजी) र अमेरिकन चेम्बर अफ कमर्स इन इन्डियाले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनमा सरकारले अमेरिकी तथा भारतीय निर्माण कम्पनीलाई उक्त प्रस्ताव गरेको हो ।

Labels:

तामाकोशी

तामाकोशीःजनता विश्वस्त गर
कात्तिक ३ को अंकमा प्रकाशित ३ सय ९ मेघावाटको माथिल्लो तामाकोशी परियोजना आन्तरिक स्राेतबाट बनाउने भन्ने विद्युत् प्राधिकरणको निर्णयले निकै खुसी लाग्यो । अनि दुःख पनि । केही साताअघि अर्थ, जलस्रोत मन्त्रालय र राष्ट्रबैंकका उच्च अधिकारी सम्मिलित अनौपचारिक बैठकले यो परियोजना निर्माणका लागि स्वदेशी पैसा नपुग्ने निक्र्योल गरेको समाचार पनि प्रकाशित भएको थियो । कहिले स्वदेशी स्रोत पुग्दैन भन्दै पन्छिन खोज्ने र कहिले आफैंले बनाउने भन्ने दुईथरी कुरालाई जनता र लगानीकर्ताले कसरी विश्वास गर्ने ? कालीगण्डकी एको खेती अझै टुङ्गएिको छैन, मध्यमस्र्याङदीको हाल त्यो -दोब्बर लागत) छ, निजी क्ष्ाेत्रका भोटेकोशी र खिम्तीका कुरै नगरौं । यति हुँदाहुँदै पनि यति ठूलो परियोजनाबारे दुई किसिमको निर्णय गरिनु शुभसंकेत होइन ।
आन्तरिक स्राेतको सम्बन्धमा एउटा सानो चिलिमे जलविद्युत्को सेयर निष्काशन गर्दा घाटामा गएको प्राधिकरणका कर्मचारीबाट मात्रै १ अर्बभन्दा बढी लगानी गर्ने प्रतिबद्धता आएको थियो । यो एक अंशमात्र भयो, परियोजनाको सम्पूर्ण लागत निर्माण संरचना सम्पन्न कार्यतालिका, उत्पादन हुने समय इत्यादिबारे लगानीकर्तालाई विश्वस्त पार्नु आवश्यक छ । सरकारमात्र होइन, प्राधिकरण नेतृत्व वर्गले आफ्नो स्वार्थ त्यागी देशका लागि 'केही गरौं' भन्ने सोच राखी विदेशीको झोला बोक्ने प्रवृत्ति छाडेमा योजना सफल हुनेमा शंका छैन । सम्पूर्ण जनता, संघ-संस्था, कर्मचारी, उद्योग व्यवसायी, पेसाकर्मीसमक्ष्ा दल-माओवादीले जनताको लगानी सुरक्ष्ाा गर्ने प्रत्याभूति दिएको खण्डमा आन्तरिक स्राेतबाट माथिल्लो तामाकोशी परियोजना सञ्चालन गर्न कुनै कठिनाइ हुने छैन । अन्यथा कुराको खेतीमात्र हुनेछ ।
- राजेश मल्ल
स्याङजा

नेपालीले विकासका लागि केही गर्छन् भन्ने देखाउन तामाकोशीमा स्वदेशी स्राेतबाटै बनाउनुपर्छ । गरेर देखाउनुपर्ने बेला आएको छ । नेपालीको पसिनाबाट तलब खाएर विदेशीको इसारामा नाच्ने नैतिकहीन कर्मचारी तथा आफ्नै देशमा बसेर आफ्नै देशको हितविपरीत पैसा कमाउन पल्केका कमिसनको खेल खेल्ने व्यापारीलाई जनताले गतिलो जवाफ दिनुपर्ने बेला आएको छ । एउटा नारा बनाउने बेला आएको छ- नेपालीमा पनि लगानी संकलन गर्ने क्ष्ामता छ ।
- सुनील श्रेष्ठ
भक्तपुर

Labels: