Reality Bites

Saturday, September 30, 2006

"माथिल्लो तामाकोशी शुरु भयो दौड"


राजनीतिक परिस्थितिमा आएको परिवर्तन, विद्युत्को बढ्दो माग र त्यसका लागि तयार लगानीकर्ताहरूका कारण यतिखेर नेपालका जलविद्युत् परियोजनाहरूमा लगानीको ढोका खुल्न थालेको छ। माथिल्लो तामाकोशीमा देखिएको दौडधूप यसको प्रमाण हो।
किरण नेपाल/विवेकराज मौर्य


.... आयोजना निर्माणको अनुमति पाएको नेपाल विद्युत् प्राधिकरणले लगानीका लागि कुनै प्रस्ताव आह्वान नगरेपनि करीब एक दर्जन कम्पनीहरूले संयुक्त लगानीका लागि इच्छा जाहेर गरेका छन्। माथिल्लो तामाकोशीको लागि ६ असोजसम्म नर्वेको 'स्टाटक्राफ्ट नोरफण्ड पावर इन्भेष्ट' (एसएन पावर), भारतका 'केएसके', 'स्वाति', 'सतलुज', 'जेपी' र एउटा नाम खुल्न नसकेको गरी पाँच, चेक गणतन्त्रको 'स्कोडा' र नाम खुल्न नसकेको एउटा चिनियाँ समेत गरी ८ वटा कम्पनीले 'लाइसेन्स होल्डर' प्राधिकरणसमक्ष प्रस्ताव गरेका छन्। ....

...........यहाँबाट उत्पादन हुने बिजुली ५ अमेरिकी सेन्ट (रु.३.७०) मा बेच्दा पनि वार्षिक झण्डै रु.७ अर्बको कारोबार हुने हिसाब बोकेर बसेका छन्, प्राधिकरणका प्रबन्ध निर्देशक अर्जुन कार्की भन्छन्, “यो रकमबाट सन् २०१२ पछि हरेक वर्ष ८०–१०० मेगावाटको परियोजना हामी आफैँ निर्माण गर्नसक्छौँ।” ...... ( more )

इटहरीमा निर्माणाधिन हस्पिटल ।

इटहरीमा धेरै बर्ष देखि निर्माणाधिन हस्पिटल आफ्नै घर अगि बनिरहेको देखे पनि अझै पुरा भएको भने छैन । सायद अब लोकतन्त्र आएपछि केहि बढि आशा गर्ने कि? तर शान्तिबार्ता त हरेक चोटि सर्ने मुलुकमा स्वास्थ्यको समस्यामा कसले ध्यान देला?

My Last Job !!!!!!

Mirror Image !!!!!

आफ्नै फोटो ब्लग ।

Robots to climb "Everest" this December

Sept 28 - The Robotics Club of Pulchowk Campus in Lalitpur has successfully organized two national robot contests in the past two years, thus providing young and aspiring Nepali engineers from different faculties with the only platform of its kind to exhibit their talents and put their technical know-how into practical use by combining available resources and the latest technologies while making robots.

These competitions have certainly generated a huge amount of interest in engineering students, as is seen by the increasing number of participating colleges and the formation of a number of robotics clubs in many colleges of late. The objective continues this year too, as the club is organizing the third national robot contest in partnership with AYON (Association of Youth Organizations Nepal) on December 22 and 23, but with a new official name, Robocup Nepal, and under a new theme, Mission Everest.

Under this new theme of Robocup Nepal 2006, a team of manual and automatic robots from each participating college is required to simulate the climbing of Mt Everest and reach its summit while also clearing the wastes and litters on the way and transporting the supplies to the base camp within a time period of three minutes.

The contest will be played in a round robin league format, after which the winners from each group will move into the knockout stage and the eventual winner will be declared the Everest Conqueror. A total of 12 colleges including Eastern College of Engineering from Biratnagar and Pokhara Engineering College from Pokhara along with 10 engineering colleges from Kathmandu Valley had participated at a one-day workshop on the contest held at Pulchowk Campus on September 6. The workshop also had presentations and demonstrations by the Robotics Club team which had won the Toyota Award at this year's ABU Robocon contest in Malaysia.
In the two previous editions of the competition, the First National Machine Design Competition Robo Soccer 2004 was a soccer contest, while the robots in the Second National Robot Contest Robo Shooter 2005 had to shoot bowling pins with their balls.

Interestingly, the first edition was won by robot Kaal Bhairav of National College of Engineering while the second was won by Trikaal of Kathmandu Engineering College.

The similar names of these past winners may be passed off as just a coincidence, but it would certainly be interesting to see whether this year's Everest Conqueror robot will also have the word “Kaal” somehow prefixed or suffixed in its name.
(PR)
Posted on: 2006-09-28 21:59:56 (Server Time)
source : The Kathmandu Post Daily

"लाइभ: झुक्याउने कुरै छैन ।"

दसैंको पछिल्लो शुभकामना ।

इटहरी बाट गरेको पहिलो ब्लग हो यो, र यहाँ घर आएपछि खास् ब्लगको याद पनि रहदैन । र आज दन्तकाली माताको दर्शन गरेर फर्केपछि एउटा फोटो सहित साथीहरुलाइ शुभकामनाको साथ । यो पनि पुर्वान्चल को दक्षिणकाली सरह नै चर्चित छ । देवीको भोगको कुरा त सास्त्रमा समेत लेखेको हुनाले पनि हामी माँसाहारीलाई किन पशुबली ठिक् हो भनेर प्रष्ट जवाफ दिनु जरुरी छैन ।

Monday, September 25, 2006

भेटियो हेलिकोप्टर .....

For Update visit CYBER FM, USA
My Sansar.com

Sunday, September 24, 2006

हेलिकोप्टर खोजी जारी ।


नेपालको भौगोलिक अवस्थाको कारणबाट धेरै पटक हराएका बिमान भेटन कैयौ दिन लागेका घटनाहरु छन ।

शक्तिशाली भु उपग्रह प्रणालीको प्रयोग गर्ने हो भने केही खोज गर्न सकिएला । तर पुरानो चलन्, दुई लाखको पुरस्कार ले केही काम गर्ला कि?


आजको कान्तिपुरले गुगल अर्थको फोटो राखेको छ । तर अझै हाम्रो जस्तो देशमा हराएका बायुयान खोज्ने कुनै सँयन्त्र नभएको कारणबाटपनि ४८ घन्टा सम्म पनि कुनै जानकारी छैन। जसमा यो देशको बहालवाला मन्त्री पनि बेपत्ता छन।

अपडेटको लागी मेरो.संसार.कम.

Missing WWF helicopter 'found in NE Nepal'


Rescuers in Nepal have reportedly found a helicopter that went missing with 24 people on board.
Officials from the World Wildlife Fund, including Australian Jill Bowling, are among the missing.
Local television has reported that the missing helicopter has been found crashed in a remote ( more....)
Related News..


Kantipur Report
BIRATNAGAR, Sept 24 - Adverse weather condition, poor visibility owing to rain and fog and flooded runway has brought all the flights to eastern hilly regions to suspension since Sunday.

I have taken ticket to Biratnagar on coming Tuesday at 5:00 Pm. Let's hope , I will definitely join YATI AIRLINE.

Saturday, September 23, 2006

"हेलिकोप्टर दुर्घटना : आशा जिवितै"

Space Shuttle Atlantis lands at Kennedy Space Centre. Photograph: Chris O'Meara/AP

यो तस्वीर भने अन्तरिक्ष मर्मत गरेर केप् केनेडी बिमानस्थलमा सुरक्षित अवतरण गरेको यान हो जसले सम्भाबित दुर्घटना भोग्नुपरेन । भलै यसले पृथ्वी फर्कने दिन् भन्दा २४ घन्टा पछि पनि सकुशल आएको थियो ।

तर हाम्रै देशको पहाडी भेगमा गएको हेलिकोप्टरको बारेमा आधिकारिक तथ्य भने पाइएको छैन । र आशा त अझै जिवितै छ नि ,राम्रो समाचार नै सुन्न पाइयोस् ।

यसकै समाचार पढुनत् एकछिन् ।

Atlantis returns to earth

The space shuttle Atlantis successfully touched down in Florida today following a 12-day construction mission to the international space station.

Its descent from space began at 5.14am local time (0914 GMT) with a 2min 40sec rocket burn to shave around 205mph from its speed and drop it out of orbit. ( more...)

फेरि हिँसा सुरु, तर खाओबादीको !!!

खसी, रागा, बोका, हास, कुखुरा र अन्य जनाबरको बली दिएर फेरी यो बर्षको दशै सुरु हुँदैछ । कति साकाहाँरीले यसको दमदार बिरोध गर्लान ।

तर चलेको चलन्, को बोल्छ र यसको बिपक्षमा? बिदेशमा हो भने जनाबरबादीहरु जुलुस् लिएर बाटामा जनाबरको हक हितका कुरा कति गर्थे होलान् तर नेपालमा खै कति होलान ति !

आँफै खाओबादी भएपछि मैले यो कुरा गर्न त सुहाउदैन पनि ।

Friday, September 22, 2006

दशै सुरु, शान्ति आशा जीबितै ।


आज घटस्थापना हो र म अहिले शँखमुल चोक नेर छु । झ्यालबाहिर हेर्दा तोरण टाङिएको छ । यो बाटो पिच भएको छ, यो हप्तामा नै । शन्खमुल महोत्सब र स्ट्रीट फेस्टिभल बाहिर भएरहेको छ ।म बसेको कोठामा टि भि को र बाहिरको आवाजको ध्वनि लगभग उस्तै छ ।

भर्खर यो लेख्न बस्दा शान्ति बार्ता टोलीका एक् सदस्य रमेश लेखकको बोल्ने पालो आइरहेको छ । उनले पक्कै पनि शान्तिबार्ताको बिषयमा बोल्ने छन् । र दशै अघि माओबादी सरकारमा जाने कुरा गरे भने म अर्को ब्लग् गर्छु । बिच बाटोमा ड्यास राखेर कार्यक्रम किन गरेको भनेर मन्त्रीले टिप्पणी गरे ! तर शान्तिबार्ता सकारात्मक दिशामा अगाडी बढने बाहेक उनको मुखबाट अरु केही खसेन ।
अशोक शर्मा र ॐ बिक्रम बिष्ट पनि उपस्थित छन ।

WELCOME TO VISITORS !!!!


Hi Friends .......
I have just started the visitors statistics in my page.
If you have blogpage so go through www.statcounter.com
to know your page visitor. After that you can see a graph like this in right side and know how many visitors !!!?? From that graph, green line is mine and blue is from USA.... guess who is he/she?
After my visitors number will reach 1000, I will again publish the same graph in this page. So, I have to do more research for that too.

Thursday, September 21, 2006

समाचारको खोज गर्न सकिएन !!


साथीहरु अब आफु पनि हिजो देखि नयाँ ठाउमा जा-गिर खान थालेकोले ब्लगलाई त्यती समय दिन सकिएको छैन । यस्तै हल्का फुल्का कार्टुनको सहारा लिनुपरिरहेको छ ।

मार्कोनी सँग हिजो अनलाइनमा कुरा हुदासिसा टाउको बाट् निस्कने बालिकाको बारेमा मेरो ब्लगमा आएन भन्दैथियो । यो मलाई त्यति बिस्वास भएन र पत्रीकाले लेखेको भर मात्र कति पर्ने?
अजयको खोज :GLASS GIRL मेरो सँसारको खोज

दशैमा नया नोट निस्केला नै तर त्यसमा पनि राजाको नै फोटो होला पक्कै पनि, अनि त्यो नोटलाइ कसरी नया भन्नु नि !!

ROBO-Jokes!!

6 years back on Robotics !!!!


HARD-WIRING THEIR WAY TO A FUTURE IN ENGINEERING

R2D2 is more than a character from Star Wars to Amir Tamrakar ‘01 (left) and Kundan Nepal ’02. To this pair of engineering majors, the fictional robot is an example of what might someday be achieved through the creative and intelligent use of technology.

Since leaving their native Kathmandu, Nepal, the students have taken advantage of the opportunities and resources made available to them through Trinity’s engineering program, and both are testing the limits of their creative and intellectual talents in the classroom, in the laboratory, and as members of Trinity’s outstanding robotics team. ( ....more )


(While I was searching about Robot in GOOGLE, I have found on article for 5 years. Here are the details of the articles. While some of my friends are studying in USA , I think this might be useful for them too. )

Wednesday, September 20, 2006

Jokes for Nanotechnologist !!!!


There’s a nuclear scientist, a genetic engineer and a nanotechnologist all being held at the barrel of a gun by a crazy man. The captor says he’ll shoot all of them unless they can convince him they are doing something good for the world.
The nuclear scientist tries first, explaining that nuclear power is “clean, cheap, and will solve climate change.” Unconvinced, his captor shoots him dead and turns next to the nanotechnologist to plead his case.
Before he can say a word however, the genetic engineer intervenes. “No!” pleads the genetic engineer “please shoot me first – I’d rather die than hear yet another lecture on why nanotechnology is going to save the world!”

For more Nano jokes

Tuesday, September 19, 2006

यु एस् को अर्को ब्लगरसँग च्याटमा ।


क्यानाडाको छेउ मिनिसोटामा रहेको साथी बिशाल भर्खरै डुलुथ घुमेर आएको छ । त्यहाको चिसो बाताबरणको बारेमा र घुमेको अनुभव उसकै ब्लगमा उसकै जोडदार शब्दमा ।।।।।

Nepal in ABU Robocon 2006 official site !!!

ABU Robocon 2006 Results
ABU Robocon 2007 in Vietnam

Monday, September 18, 2006

"चर्चामा : यु एस् मा नेपाली ब्लगर । "


साथी अजय ढकाल्, भर्जिनिया,यु एस् मा बस्ने नेपाली ब्लगर् हुनुको साथै साईबर एफ एम को नयाँ प्रयोग गर्दै छन । हालै सेप्टेम्बर ११ को दिनमा उनी निरास् भैरहेको क्षण आफु पढ्ने कलेजको पत्रीकाको कभर पेजमा उनी कैद् भएका छन् । । र एउटा राम्रो फोटोग्राफरको एउटा राम्रो फोटो यहा राखिएको पनि हो ।

राधाको चिरफार ।


राधा पढेपछि उनको बियोगान्त भूमिकाले पाठकलाई चिथोर्छ । नारीबादी पाठक भएर निस्किनु कुनै नौलो कुरा हुँदैन यो पुस्तक पढेपछि । राधा र कृष्णको बाल्यकालको प्रेमले उनिहरुको भावी जीवनमा पारेको गहन प्रभावको सुक्ष्म अध्ययन गरेका छन थिनै कृष्ण धराबासीले जसको नाम उपन्यासको हिरो सँग मिल्छ । राधाको एकोहोरो लगाव, प्रेम र समर्पण छ तर उनी कृष्णको १६१०९ नम्बरको पत्नि बन्न अस्विकार गर्छिन्, जसले एक् दिन् पतिसँग भेटन ४० बर्ष कुर्नु पर्छ । र अन्त्यमा साधुनी को रुपधारणा गर्छिन ।

के कृष्ण गलत छन त? कृष्ण हरेक निर्णय समयको पदचापमा लिन्छन् जस्तो पल्पसा क्याफेमा नायक दृश्यले लिएको हुन्छ दृश्यको पल्पसा सँगको हरेक् भेट अचानक हुदै बिछोड पनि अचानक नै हुन्छ । २ लाखको मदन पुरस्कार् पाउने यि दुबै पुस्तकका लेखकले नारीको मन खोतलेका छन्।

राधामा लेखकले कल्पनाशक्तिको तिब्र जलप हालेका छन् जसमा उनले लिने निर्णयहरु आधुनिक र बैज्ञानिक छ । तर असिमित प्रेम, जुन उनको कमजोरी हो , त्यसले उनलाई कृष्णको अवगुणलाई किल्चन दिएन, र हरबखत बिचलित गराइरहयो । अहिलेको शिक्षित र आधुनिक नारीको आखाबाट हेर्दा, राधामा रहेको अन्तरद्नन्द, प्रेम र कर्तब्यको जालोले उनलाई बेरीरहयो र टाढिन पुगिन् कृष्णबाट ।

उपन्यासबाट साभार गरिएको एक अँस ।

कान्तिपुर पाठक पत्रमा माथिल्लो तामाकोशी ।


जलविद्युतमा स्वदेशी लगानी
आइतबार माथिल्लो तामाकोशी विदेशीलाई दिइने समाचार पढ्दा मन दुख्यो । ३ सय ९ मेगावाटको माथिल्लो तामाकोशीजस्तो धेरै सस्तो आयोजनाका लागि स्वदेशी लगानी रकम गरिएमा महँगो बिजुली बाल्दै आएका नेपालीले केही राहत पाउने थिए कि ? वर्षेनि करिब नपुग ६० मेगावाट बिजुलीका कारण लोडसेडिङको चर्को मार भोग्नु परिरहेको छ ।

देश शान्तिमार्गमा हिँडिरहेको छ । सबै नेपालीले होस्टेमा हैँसे गरे भने अनुमानित करिब २८ अर्ब लगानीको आयोजना निर्माण गर्न राज्य ग्यारेन्टी बस्दा के बिग्रन्छ ? स्वदेशी बैंक, बिमा संस्थान, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषका साथै विदेशमा बसेका नेपालीले कमाउने वाषिर्क सयौं अर्ब रकममध्ये अलिकतिमात्र यता आकषिर्त गर्नसके सजिलै बन्छ आयोजना । यसमा राजनीतिक नेतृत्वको प्रस्ट दृष्टिकोण र बलियो इच्छाशक्ति चाहिन्छ । हामी आफैं नलागेसम्म देश विकास हुँदैन ।
लोकतन्त्र आइसकेपछि आर्थिक विकासको मेरुदण्ड जलविद्युत् र पर्यटनलाई बनाउनु आवश्यक छ । स्वदेशी लगानी गरेर ऊर्जामा आत्मनिर्भर हुँदै विद्युतीय राजमार्ग निर्माण र त्यसैसँग जोडिने बृहत् पर्यटन क्षेत्रसम्मको पहुँच नै नेपाललाई स्वीट्जरल्यान्ड बनाउने सपना देख्नेहरूको
यथार्थ हुनसक्छ ।

- उमेश भट्टराई
इटहरी, सुनसरी


यस पत्रको प्रकाशन गर्नु पूर्वको अवस्था भने यस्तो थियो ।

Sunday, September 17, 2006

"नेपालीको सपना:असिमो रोबोट"


नेपालमा पनि रोबोट बनेको निकै हल्लाखल्ला चल्न थालेको छ अचेल । यस्तै मोडेलको असिमो जस्तो रोबोट हिमालयन वाइट हाउस कलेजले बनाएको थियो , जसलाई हिमालयन टाईम्सले पहिलो पेजमा ठाउ दिएको थियो । तर यस्ता रोबोटले गर्ने कामभन्दा नेपालमा यो नै यस्तोमा पहिलो भन्ने चलन फिल्म लाइनमा मात्र होइन रोबोट निर्माणको क्षेत्रमा पनि देखिन थलेको छ । मलाई लोकेश्वर मास्केको याद अहिले आईरहेकोछ्, किन किन त्यो मान्छेले नेपालमा म पहिलो भनेर नै बिलाएर गयो अब बाकी छ त केवल उसले छोडेर गएको सपना पुरा गर्ने अरु पहिला ब्यक्तिहरु। एउटा निरन्तरको प्रयास मात्र सफलता हो भन्ने सायद मेरो ठम्याई नै आखिरमा अहिले आएर ठिक हो कि जस्तो लाग्छ । पहिलो, दोश्रो भन्ने कुराहरुको खासै अर्थ छैन ।

असिमो रोबोटको लागि लोकेशको खोज ।

News from Indonesia !!!!!


Kuala Lumpur (ANTARA News) - The Indonesian Robot Team represented by Robot Depth-4 of the Electronic Polytechnic School of the Surabaya-based "Sepuluh Nopember" Institute of Technology (ITS), lost at the Robot Contest (Robocon) 2006 in Kuala Lumpur, Malaysia.ANTARA reported from Kuala Lumpur, Sunday, that ITS`s Robot Depth-4 was defeated by Thailand`s robot team 13-18.Meanwhile, the Japanese robot team represented by Robot RUR of the Agriculture and technology University was defeated by Vietnemese robot team 3-12.Robocon 2006 was held in Kuala Lumpur from Sept 9 to 10, 2006, with 19 robot teams from 18 participating countries.Until Sunday afternoon, four robot teams are still competing , namely those Thailand, China, Vietnam, and Malaysia. The ITS team is the champion of the National Robot Contest which was held in May 2006.In 2001, the ITS robot team also won in the robot competition in Korayama, Japan.


Monday, 11 September 2006
Surabaya, East Java (ANTARA News) - The Sepuluh November Technology Institute (ITS) of Surabaya will soon send a team to Kuala Lumpur, Malaysia, to take part in the Robocon (World Robot Contest) 2006).
"The ITS team left Surabaya for Jakarta on Tuesday (Sep 5) and will later proceed to Kuala Lumpur," a spokesman of ITS Sukemi said here on Wednesday.
The Robocon 2006 will take place from September 9 to 10, 2006. Tens of robot teams from at least 17 countries will compete in the contest.
The ITS team is the champion of the National Robot Contest which was held last May 2006.
In 2001, the ITS robot team also won in a robot competition which was held in Korayama, Japan.(*)
Source : www.antara.co.id

Saturday, September 16, 2006

राधा सँग २-४ दिन ।


अहिले म मदन पुरस्कार पाएको पुस्तक राधा पढदै छु । गत बर्ष को पल्पसा क्याफे पछि किन किन २ लाख पुरस्कार जित्ने किताब पढने बानी लाग्न थाल्यो । अहिले आधी किताब पढे र यो त एउटा पुराण सरह रहेछ । राधालाइ कृष्णले छोडेपछिको बिचल्ली यसमा छ जस्तो लागेको छ ।हेरौ पुरा पढेपछि म फेरी लेख्छु , यो किताब को कुनै अँश साभार गरौला है ।

Friday, September 15, 2006

रोपवेको सम्झना ।


पुल्चोक क्याम्पस पढदाखेरी रोपवे बनाएको हल्ला निकै चल्यो । तर मेरो तेसमा कुनै भूमिका थिएन् । कान्तिपुरले पनि समाचार प्रकाशित गरेको थियो । धेरै पछि मेरो संसार ब्लगमा रोपवे बिग्रेको समाचारले मलाई स्वचालित तार पुलको याद आयो।


तस्वीरसँग सम्बन्धित वेबसाइट

रोपवेको बारेमा अजयको खोज ।

Thursday, September 14, 2006

नेपालसमाचारपत्र दैनिकमा रोबोटको चर्चा ।

सगरमाथाको फोहोर रोबोटले बटुल्ने
इर्श्वरराज ढकाल
काठमाडौं
सगरमाथा क्षेत्रमा थुप्रिएका फोहोर संकलन तथा व्यवस्थापन गर्न रोबोक्लब नेपालले नयाँ रोबोट निर्माणको योजना बनाएको छ।

सगरमाथाको शिखरमा नेपाली झन्डा गाड्ने कामसमेत नयाँ रोबोटले नै गर्नेछ। देशभरका १५ इन्जिनियरिङ क्याम्पसका विद्यार्थीबीच प्रतियोगितात्मक प्रतिस्पर्धापछि उत्कृष्ट रोबोटको ?नमुना? निश्चित गरिनेछ र सगरमाथामा फोहोर संकलनका लागि नयाँ रोबोट निर्माण गर्न पहल गरिनेछ।

?विश्वको सर्वोच्च चुचुरोलाई कोही कसैले फोहोर गर्न नहुने सन्देशसहित नयाँ प्रविधिमा आधारित रोबोट निर्माण गर्न लागिएको हो?, रोबोटिक्स क्लबका संयोजक रमेश चौधरीले नेपाल समाचारपत्रसँग भने- ?यो रोबोटले औद्योगिक क्षेत्रमा थुप्रिएको सामानसमेत उचाल्ने काम गर्नेछ।?

मानव जान नसक्ने जोखिमपूर्ण स्थानमा लैजान समेत यो रोबोट प्रयोग गर्न सकिन्छ?, रोबोक्लब नेपालका संयोजक- ?पारस पौडेल भन्छन्- ?नयाँ रोबोट निर्माणपछि औद्योगिक क्षेत्रमा थप टेवा पुग्नेछ।? ?मिसन एभरेस्ट? नाम दिइएको सो तेस्रो राष्ट्रिय रोबोट प्रतियोगिता आगामी पुस ८ गते आयोजना गरिने भएको छ।

साभार : नेपालसमाचारपत्र दैनिक अन्य जानकारीको लागि रोबोटिक्स क्लब

Wednesday, September 13, 2006

आफ्नै कुरा :कान्तिपुर पाठक पत्रमा आज ।


जलविद्युतमा लगानी
हालै नेपालमा जलस्रोतमा सम्भाव्य लगानी वातावरण बनाउन अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलन सम्पन्न भयो । कतै सम्मेलनले अनुमोदन गरेका नीति तथा कार्यक्रम यत्तिकै सेलाएर जाँदैन भन्ने आशंका पनि छ । आगामी दिनमा लोडसेडिङ झन् बढ्नेछ । त्यसको क्षति लेखाजोखा गर्न गाह्रो छ । ऊर्जा संकट व्यवस्थापनका लागि छुट्टै निकाय आवश्यक देखिएको छ ।चार सय दुई मेगावाट क्षमतायुक्त अरुण तेस्रोजस्ता जलविद्युत् परियोजनामा हात हाल्नैपर्ने भएको छ । देशमा लगानी गर्ने वातावरण बनेको छ । यो बेला स्वदेशी लगानी र बैंकको पुँजी परिचालन पूर्वसर्त हुनु जरुरी छ । भारतीय लगानीकर्ताहरू पनि आकषिर्त भइरहेका छन् । कमसेकम सकेजति स्वदेशी लगानी भित्र्याउनसके आत्मनिर्भरतर्फ उन्मुख हुन सकिन्छ । वर्षैपिच्छे हुने लोडसेडिङबाट छुटकारा पाउन सकिन्छ । स्वदेशी उद्योगधन्दा, कलकारखाना फष्टाउन सक्छ । प्रतिव्यक्ति आय वृद्धि हुनसक्छ
- उमेश भट्टराई
इटहरी, सुनसरी


कान्तिपुरको हरेक कुरामा सम्पादन पक्षको ठुलो हात हुन्छ भन्ने कुरामा दुईमत छैन । मेरो यो प्रकाशित पत्र र मैले पठाएँको पत्रबिच डेस्क उप-सम्पादकको भूमिका तपाईं नै खोतल्नुस् ।

रोबोट सिरिज समाप्त ।


यस बर्षको रोबोट प्रतियोगीताको बारेमा सुचना प्रशारण गर्न निकै ढिलो भयो । गत आईतबार नेपाली समय अनुसार २ बजे प्राप्त परिणाम आज बुधवारको कान्तिपुरमा लगभग ६० घण्टा पछि आमसँचारमा गयो ।

तस्वीर तेश्रो बिजयको खुसियालीसँगै अर्को बर्षको रोबोकोन आयोजकको भार थपिएको छ भियतनामलाई ।

मेरो ब्लगबाट यो खबर् सोमबार बिहान यु एस मा साथीहरुले पाउदा नेपालमा भने सुचनाको चाजो पाजो मिलाउन नै सम्बन्धित निकाय आफै तम्तयार भैरहेका थिए ।
कमसेकम सुचनामा ढिलाई हुनु भनेको सुचना नपाउनु जस्तै हो । नेपालमा अझैपनि सुचना लुकाउने चलन हटेको छैन।
र मेरो पाच बर्षको प्रयास भनेको सुचनामा पाच मिनेट भएपनि चाडो सुसुचित गर्नु नै थियो । र अर्को बर्ष यदि सम्भव भए फेरि यसरि नै आउनेछु ।

Tuesday, September 12, 2006

आजको कान्तिपुरमा प्रकाशित रोबोट समाचार ।


नेपाली रोबोटलाई टोयोटा सम्मान
काठमाडौं, २७ भदौ -कास)- अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा नेपालले 'टोयोटा' सम्मान पाएको छ । मलेसियामा गत आइतबार सुरु भएको प्रतियोगितामा दक्षिण एसियाबाट नेपालले मात्र उक्त सम्मान पाएको हो ।
क्वालालम्पुरमा भएको 'एबीयू रोबोकोन-२००६' नाम दिइएको प्रतियोगितामा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकस्थित रोबोटिक क्लबका विद्यार्थीले निर्माण गरेको रोबोट सहभागी थियो ।

कान्तिपुर दोश्रो पृष्ठको छोटकारीमा उक्त समाचार छापिएको छ ।

नेपाली टोली काठमाडौंमा, प्रशिक्षक रमेशसँग कुराकानी ।


भर्खरै रमेश सरसँग कुराकानी भयो । अहिले रोबोटिक्स क्लबमा उहा लगायतको नेपाली टोली आइपुगेकाछन । नेपालको सफलताबाट उनीहरु उत्साहित रहेको पाइएको छ । उहाबाट पाइएको जानकारी अनुसार तेश्रो स्थानमा आएको मलेसियाले नेपाललाई एक अँकको फरकमा जितेको हो ।


फाइल फोटो :-ए बि यु २००३ मा सहभागी नेपाली टोली, बायाबाट चौथो रमेश ।

पहिलो खेलमा ६-४ ले नेपाल पछि परेपनि दोश्रोमा १६-१६ को बराबरी भएको थियो । बराबरी भएपनि मलेसियाको रोबोटले खेलको नियम बिपरित चलेकोले उसको १ अँक घट्यो, रमेशले भने, दोश्रो खेल जित्यौ । तर फरक एक अँकको आधारमा हामी लिग चरणबाट अगी बढेनौ, उनले भने।

नेपालले राम्रो खेल खेलेबापत यसपटक टोयोटा अवार्ड जितेको उनले रियालीटी बाईटसलाई फोनमा बताए ।

Monday, September 11, 2006

आफ्नै कुरा : बाई-बाई एन् ई ए ।


सेप्तेम्बेर ११ को दिन मलाई याद गर्नको लागि किन पनि सजिलो भएको छ भने मैले यहि दिनबाट करिब लगभग ८०० दिन हिडेको बाटोबाट अलग भएको छु ।थाहा छैन , मैले गलत निर्णय गरेकि सहि? तर यो दिननै किन , मलाई यसको उत्तर थाहा छैन।

नेपाली टिम आज स्वदेश फर्कने ।


भियतनामको बिजयसँगै सकिएको यो बर्षको रोबोट प्रतियोगितामा टोयोटा अवार्ड् लिएर नेपाली टोली मलेसियाबाट आज फर्कदैछ । आयोजक मलेसियासँग दर्‍हो प्रतिस्पर्धा गरेपनि नेपाल लीग चरणबाट अगाडि गएन ।


तस्बिरमा भियतनामका दर्शकहरु खेल स्थलमा बिजयपछि खुसियाली मनाउदै ।

"नेपाल झिनो अन्तरले पराजित, टोयोटा अवार्ड पाउन सफल"

आईतबार सम्पन्न पाचौ एसिया प्रशान्त क्षेत्रको बिश्वबिध्यालयबिच भएको रोबोट प्रतियोगियामा नेपाली रोबोट "सिड्-१०" पुरस्कृत भएको छ । उत्कृष्ठ रुपमा खेल प्रदर्शन गरेबापत नेपालले टोयोटा अवार्ड पाएको छ ।

आयोजक मलेसियाको दोस्रो टिमसँग भएको २ खेलमध्ये नेपालले एउटा खेल बराबरमा रोक्दै अर्कोमा ६ - ४ ले पराजित भएको छ । पहिलोमा नेपालले १६-१६ को बराबरी गरेको थियो । पराजयपछि लिग चरणको समुह जि बाट नेपाल अगाडि बडन सकेन् । १८ देशका १९ प्रतियोगिले यसमा सहभागि भएका थिए । बिश्वको अग्लो भवनकोनिर्माण गरौ भन्ने नारा यस रोबोकनको थियो ।

एसिया प्रशान्त क्षेत्रको बिश्वबिध्यालयबिच प्रत्येक बर्ष हुने यस प्रतियोगितामा यस बर्ष भियतनाम प्रथम, थाईल्यान्ड दोश्रो र मलेसिया एवम् चिनले तेश्रो भएका छन।
गत बर्ष नेपालले बेइजिङमा भएको रोबोट प्रतियोगितामा माबुचि मोटर अवार्ड जितेको थियो ।
ए बि यु २००३ बैङ्ककमा भएको रोबोट प्रतियोगीतामा भारतलाई पराजित गर्ने नेपाली टोलीका एक अजय ढकालको अनुभव ।

Sunday, September 10, 2006

नेपाल मलेसिया सँग भिड्यो

मलेसिया र नेपालबिच आजको ए बि यु रोबोकोनमा प्रतिस्पर्धा भएको रोबोटिक्स् क्लबले जनाएको छ । समुह जि मा नेपालले आयोजकसँग भिडेको खबर पाइएको छ । तर अहिले खेल सकिसकेको भएपनि नतिजा थाहा हुन सकेको छैन । यस समुहमा २ वटा देशमात्र रहेको बताईएको छ । अरु समुहमा भने ३ वटा देश छन।

Fig. Last year in Beijing
participating NEPAL

Saturday, September 09, 2006

नेपाली रोबोटको भिडन्त आज मलेसियामा ।


आजको जस्तो दिन किन किन म बिगत ६ बर्ष देखि तनावमा हुन्छु, किनभने रोबोटिक्स क्लबको मिडिया प्रमुख हुदा बर्षको यो दिनमा हुनसक्ने नतिजाले मलाई लोभ्याईरहेको हुन्छ । र त्यो हातमा आउने सुचना कसरी बाडने मेरो आफ्नै तरिका छ , पत्रकारहरु माझ । यसमा मेरो रमेश सर सित ठाक् ठाक् ठुक् ठुक् परिरहन्थ्यो। अहिले म बाहिर छु, क्याम्पसबाट तर पनि हिजोको त्यो मेरो अडान सम्झिदा लाग्छ, कतै न कतै कुनै बिज्ञान र प्रबिधिको क्षेत्रमा कसैले सोच्न थाल्यो कि? तर वाहियात , जस्तो लाग्छ यि सबै कुराहरु, कसैलाई केहि मतलब छैन ।

Friday, September 08, 2006

अनुरोध सँग आधा दिन ।


धेरै दिन पछि भेट भो, अनुरोधसँग । लगभाग एक बर्ष अगि भेट भएको थियो, तर अहिले भेट हुँदा उ पुरा परिवर्तन भएको छ । देशको सुरक्षाको लागि उसले लिएको निर्णय, जस्मा उ आँफैले ठुलो जोखिम उठाएको थियो । देशमा शान्ति छ अहिले तर उतिखेर अरुसाथीले एक्कासि छोडेर हिड्दा सबै भार उसैले बोकेको थियो । कहिलेकाहि मान्छेको जिन्दगीमा गरिएको सहि निर्णय नै सधैभरिको लागि यादमा ताजा हुन्छ ,अनि लक्ष्यमा पनि चाडो पुगिन्छ।

Tuesday, September 05, 2006

For MAY BABY Only !!




Stubborn and hard-hearted. Strong-willed and highly motivated. Sharp thoughts. Easily angered. Attracts others and loves attention. Deep feelings. Beautiful physically and mentally. Firm Standpoint. Needs no motivation. Shy towards oppisite sex. Easily consoled. Systematic (left brain). Loves to dream. Strong clairvoyance. Understanding. Sickness usually in the ear and neck. Good imagination. Good physical. Weak breathing. Loves literature and the arts. Loves traveling. Dislikebeing at home. Restless. Not having many children. Hardworking. High spirited.

Sunday, September 03, 2006

चारबर्ष बोर्ड प्रथमसँग ।


आले सर सँगको चारबर्ष अहिले आएर सम्झिदा कति गाह्रो जस्तोलाग्छ । बिशेषत रोबोटको बारेमा आलेसरको प्रतिकृया र तेसैमा बिधार्थीको पढाई बिग्रेको चिन्ताले गर्दा मलाई उहा बास्तबिक अभिभावक भएको महशुश भयो । तर चाडै रिसाउने बानी, के तेसैले नै आले सरलाई अरुभन्दा टाढा त पुर्यायो कि? के प्रथम हुने मान्छेहरुमा अरु भन्दा बढि निराशा हुन्छ त , मैले अझै बुझ्न सकेको छुईन । हेरौ, कुनै दिन यसको बारेमा अझ स्पष्ट कुरा राख्ने मेरो प्रयास हुनेनै छ ।