Reality Bites

Saturday, March 29, 2008

पल्पसाको पछी दौडदै !

नेपालको ७५ जिल्ला घुम्ने यि पदयात्रीको तस्बिर सँयोगले खिच्ने मौका मिल्यो । त्यो पनि नोकिया ६३०० मोबाइलबाट काठमाण्डौमा । शायद तपाईंको अनुमान मिल्न सक्छ होला , गेस गर्नुस त , कुनै क्याफे बसेर अन-लाइनमा ! उनको आगामी पुस्तकले मदन पुरस्कार पाउछ कि पाउदैन ?


Labels:

Thursday, March 27, 2008

उड्न पाएन नेपाली डा“फे


सपना थियो, नेपाली आकाशमा नेपाली विमान उडाउने । यसका लागि हामीले पुल्चोक इन्जिनियरिङ कलेजको पर्खालभित्र तीन वर्षबितायौं । आज सपना साकार भएको छ, पुल्चोक इन्जिनियरिङ कलेज जानुहोस्, त्यहा“ उड्न ठिक्क परेर पखेंटा फिंजाइरहेको रङ्गीन डा“फे छ, हामीले तयार पारेको विमान ।

यो बनाउ“दा हामी जति खुसी थियौं, अहिले उति नै दुःखी । हामीलाई लागेको थियो डा“फेको जन्मले देशमा एउटा सानोतिनो भए पनि खुसी ल्याउला । सरकारले पुरस्कार नदिए पनि स्याबास भनेर धाप मार्ला । तर उल्टै यसको परीक्षण उडान गर्न पनि अनुमति पाइएन । भनेको जस्तो भइदिएको भए हामीले मंसिरमै डा“फेलाई उडाएर संसारलाई देखाइसकेको हुने थियौं ।

'हामीले अनुमति दिन सक्दैनौं' उडानका लागि ठाउ“ र अनुमति पाउ“ भनेर लेखेको हाम्रो निवेदनको नेपाल नागरिक उड्ययन प्राधिकरणले यस्तो जवाफ दियो, 'यो कानुनी रूपले मिल्दैन ।'

विशेषज्ञ, अनुसन्धाता, इन्जिनियर, विद्यार्थीलगायत सय जनाभन्दा बढीको प्रत्यक्ष अप्रत्यक्ष प्रयासले बनेको 'डा“फे' लाई उडाउन उचित ठाउ“ दिने निकायले यसो भनेपछि हामी कहा“ जाने -

सा“च्चै निराश भएका छौ । हृदयदेखि मातृभूम्रि्रति दया जागेर आएको छ । हामी किन सयौं वर्षछाडि छौ भन्ने स्पष्ट भएको छ । व्यक्तिगत रूपमा जहाजबारे अध्ययन गरी सम्पर््ण्ा जनशक्ति, स्रोत, साधन र पैसा एकै ठाउ“मा जुटाएर हामी विद्यार्थीको तहबाट यतिसम्म गर्नु कम्ता अप्ठेेरो छैन ।

सरकारले गर्नु पर्ने काम विद्यार्थीले यति रुचि र उत्साहका साथ अगाडि बढाउन खोज्दा पनि अनुमति

मिलेन । मुलुकको संरचना कस्तो रहेछ - प्रश्न जाग्न थालेको छ । कसैप्रति हाम्रो दुश्मनी छैन । हामीलाई देशले यति धेरै लगानी गरी पढायो, अव हामी त्यसको प्रतिफल दिन खोजिरहेछौं । यही“ बसेर केही गर्न चाहिरहेछौं ।

हामीले बम, बारुद र बन्दुक त बनाएका होइनौं नि, परीक्षणै गर्न नपाइने । देशलाई प्रविधि दिन खोज्दा पनि यतिका सास्ती - भावी पुस्तालाई हि“ड्न सजिलो बाटो बनाउन खोज्दा पनि अपराध गरेजस्तो भइरहेको छ ।

विश्वविद्यालय परिसरमा हामीलाई परीक्षण गर्न ठाउ“ पुगेन । एक घन्टाका लागि पोखराको विमानस्थलको खाली समय मागेका हौं, त्यो पनि उसको नियमित उडान प्रभावित नहुने गरी । उड्डयन प्राधिकरण तथा यसको बोर्डमा निवेदन हाल्यौ । हवाइजहाज उत्पादक कम्पनीबाहेकले बनाएको जहाज उडाउने व्यवस्था छैन रे । यो हाम्रो शैक्षिक प्रयोग हो । बोइङ कम्पनी जस्तो कुनै काराखाना खोल्न लागेका होइनौं । यति कुरा जान्दाजान्दै पनि कुनै व्यापारिक संस्थालाई जस्तो व्यवहार किन गरिरहेछ यो सरकार - यसो गर्न पाइने कि नपाइने भनेरे मैले अन्तर्रर्ााट्रय नागरिक उड्डयन संस्था -आइकाओ) स“ग इमेलमा सर्म्पर्क पनि गरें । तिनलाई आफ्ना समस्याहरू भनें । उताबाट जवाफ आयो, 'कुनै पनि देशको विमानस्थल उसकै अधीनमा हुन्छ ।'

हाम्रै देशको नियमले पनि परीक्षण गर्न छेकेको देखि“दैन । २०५३ को हवाई नीतिमा 'नेपालको विमानस्थललाई विशेष प्रयोजनमा आवश्यकताअनुसार प्रयोग गर्न सकिनेछ ' भनिएको छ ।

दर्ुघटनाको सम्भावनना देखाएर रोक्न खोजिएको हो भने पनि त्यो मनासिव तर्क होइन । नत्र त अबदेखि नासाले मंगलग्रहमा यान पठाउनेछैन । अस्ति भर्खर कोलम्बियाको विस्फोटमा ठूलाठूला वैज्ञानिक मरे । अपवादलाई सामान्यीकरण गरेर तर्क गर्न

मिल्छ - विमान बनाउने र उडाउने काममै जीवन बिताइरहेका रसियाका पाइलट एलेक्जेडर म्याक्सिमोभ -जो यतिबेला पोखरा छन्) ले पनि डा“फेलाई उपयुक्त विमान भनी आफैंले उडाउने वचन दिएका छन् । के उनलाई ज्यानको माया छैन

होला - हामी आशा गर्दागर्दा थाकिसक्यौं । सरकार छिटो बोलोस् । अनुमतिको घनचक्करमा अरू धेरै कुरा गर्न पाइरहेका छैनौं । जताततै भत्के व्रि्रेको बेला आशाको त्यान्द्रो ल्याउन खोजेका छौं ।

युवाहरू जोस र जा“गरले यही“ बस्न सक्ने वातावरण दिने काम त सरकारको हो । उल्टै बिदेसिनुबाहेक कुनै विकल्प छैन जस्तो गरी व्यवहार गर्नु त भएन नि । यो देश हाम्रो पनि हो । हामीले परीक्षण गर्न किन नपाउने - डा“फे उड्नका लागि आतुर छ ।

- विकास पराजुली

परिकल्पनाकार तथा टोलीनेता

डा“फे इएरक्राफ्ट फेब्रिकेसन ग्रुप

Labels:

Friday, March 07, 2008

रोबोट विकासमा सहयोग

काठमाडौं, फागुन २३ - नेपाली युवा उद्यमी मञ्चले रोबोट विकासका लागि विद्यार्थी समूहलाई ४५ हजार रुपैया“ सहयोग गर्ने भएको छ ।
आगामी अगस्त २९ मा भारतमा सम्पन्न हुने एसियन ब्रोडकास्टिङ युनिट रोबोकमको तयारीमा रहेको 'रोबोटेक्निक्स क्लब' लाई सहयोग गर्न लागिएको हो । मञ्चको पहलमा ज्योति ग्रुप, नेपाल फार्मास्युटिकल्स ल्याब प्रालि र डाइरेक्सन एग्जिबिसन एन्ड कन्भेन्सन सेन्टरले १५ हजारका दरले सहयोग प्रदान गर्न लागेको बिहीबार प्रकाशित विज्ञप्तिमा छ ।
मञ्चले यस किसिमको क्रियाकलापमा सहयोग पुर्‍याउन निजी क्षेत्रका अन्य संघ-संस्थालाई पनि आग्रह गरेको छ । 'प्रविधिले औद्योगिक विकासको गति निर्धारण हुने ह“ुदा प्राज्ञिक, औद्योगिकलगायत सबै क्षेत्रले यसको विकास तथा प्रयोगमा योगदान पुर्‍याउन आवश्यक छ,' विज्ञप्तिमा भनिएको छ ।

Labels:

Thursday, March 06, 2008

उड्न पाएन डाँफे

डम्बरकृष्ण श्रेष्ठ
इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसको मेकानिकल इञ्जिनियरिङ विभागका विद्यार्थीले गएको मङ्सिरमा बनाएको हलुका विमान 'डाँफे' नेपाल नागरिक उड्डयन प्राधिकरणबाट परीक्षण उडान अनुमति नपाएपछि क्याम्पस हातामा थन्किएको छ।
हवाईजहाज निर्माण गर्ने आठजनाको टोलीका प्रमुख विकास पराजुली ५० लिटर पेट्रोलबाट यो जहाज दुई जनालाई लिएर ६ हजार फिट माथि आकाशमा प्रतिघण्टा सय किमिसम्मको गतिमा दुई घण्टा उड्न सक्ने दाबी गर्छन्। रसियाका सिनियर क्याप्टेन अलेक्जेण्डर म्याक्सिमोभले नेपाल आएका बेला सबै प्राविधिक पक्षको जाँच पड्ताल गरी आफू कुनै पनि बेला विमान उडाउन तयार रहेको वचन दिएका छन्। अनुमतिका लागि धेरै पटक मन्त्रालय र प्राधिकरण धाइसकेका विकास भन्छन्, “अनुसन्धान र शैक्षिक प्रयोजनका लागि बनाइएको यो विमानको परीक्षण गर्न नपाउँदा हाम्रो मिहिनेत खेर जान लागेको छ।” क्याम्पसका मेकानिकल इञ्जिनियरिङ विभाग प्रमुख रामचन्द्र सापकोटा सरकारले अनुमति दिएर विद्यार्थीहरूलाई प्रोत्साहन गर्नुपर्ने बताउँछन्। विमान बनाउन सहयोग गर्ने एभिया क्लब नेपाल, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, नेपाल टुरिज्म बोर्ड र नेपाल एयरलाइन्सले पनि परीक्षण अनुमतिको लागि पहल गरिरहेका छन्। नेपालको हवाई नीतिले एभिएशन स्पोर्टस् र साहसिक अनुसन्धानात्मक उड्डयनको लागि माइक्रो लाइट, ह्याङ ग्लाइडिङ, पारा जम्पिङ ग्लाइडिङ, हेलि स्किङ्ग, हट एयर बेलुनिङदेखि वायुयान सञ्चालनसम्मलाई अनुमति दिन सकिने व्यवस्था गरेको छ। जस अनुसार डाँफेले अनुमति पाउनुपर्ने विद्यार्थीहरूको जिकिर छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा सार्वजनिक गरिएको सो विमानको परीक्षण अनुमति उड्डयन प्राधिकरणलेे पार्टपुर्जा र अन्य प्राविधिक तथा कानूनी अड्चन देखाएर रोक्का गरिएको बुझुएको छ। मन्त्री गुरुङले हिमाल सँग भने, “मैले खतरा मोलेर भएपनि परीक्षण अनुमति दिनुपर्छ भनेको छु, तर प्राधिकरणले मानेको छैन।” प्राधिकरणका महानिर्देशक यज्ञप्रसाद गौतमले भने यस विषयमा कुरै गर्न चाहेनन्, आफ्नो पीएमार्फत 'पर्यटन मन्त्रालयलाई नै सोध्नू' भन्ने जवाफ दिए। प्राधिकरणका एक अधिकारीको भनाइमा मन्त्री, सचिव, क्याबिनेटमध्ये एकले परीक्षण इजाजत दिनू भनी आधिकारिक पत्र पठाएमा प्राधिकरणले अनुमति दिनेछ।
विकासले साथी गणेशराम सिन्केमनसँग मिलेर तीन वर्षमा यो विमान बनाएका हुन्। यसमा क्याम्पसका अन्य विद्यार्थी रमेश रानाभाट, रवीन्द्र श्रेष्ठ, दिनेश पौड्याल, बाबुराम खरेल, अनिल महर्जन र प्रशान्त मल्ल तथा हवाई इञ्जिनियर उदयकृष्ण श्रेष्ठले सहयोग गरेका थिए। पाइलट ट्रेनिङ स्कुल तथा व्यावसायिक उडानमा सक्रिय संस्था एभिया क्लब नेपालले आवश्यक इञ्जिन, प्रोलिभर जस्ता एयरक्राफ्टका पुराना कवाडी सामानहरू उपलब्ध गराएको थियो। विकास भन्छन्, “खर्च भएको रु.१० लाखमध्ये ६ लाख सहयोग जुटेको थियो र अरू आफैँले हालेका थियौँ।”
शुरुमा नेपालमै हवाईजहाज बन्छ भनेर कसैले नपत्याएको बताउँदै विकास भन्छन्, “यो परीक्षण सफल भए अरू तीन–चार वर्ष अनुसन्धान गरेर र विदेशी सामानहरू झुकाएर हामी नेपालीले नै यस्तो विमान बनाउन सक्छौँ।” बढीमा रु.२० लाखमा बन्ने यस्तो विमानको व्यावसायिक उत्पादन सम्भव भए पर्यटन प्रवर्द्धन र नेपालका डाँडाकाँडामा यातायातका लागि उपयोग गर्न सकिने उनको विश्वास छ।

Labels: