Reality Bites

Tuesday, June 26, 2007

मायाँ yo आगो हो polchha थाहा chha ।

मित्रता र प्रेम एकै ठाउमा भन्ने शिर्षकमा एक् साथीले पठाएको यो तस्बिर सायद् प्रविधिको कमाल होला, तर किन् किन मलाई यसले तानेको छ, तपाईको लागी पनि राखेको छु। के छ तपाईको बिचार ।


Labels:

Sunday, May 06, 2007

बिदेशिने दौड ।

भर्खरै एकजना दाईले भने भाई कहिले बाहिर जाने हो ? यो प्रश्नको जवाफ म सँग छैन् । तर एयरपोर्टको लस्कर देख्दा भने त्यो रहर् गर्नै मन लाग्छ , केहि क्षणको लागि भएपनि ।

Labels:

Monday, March 26, 2007

Bishal @ Minesotta


My beloved Friend Bishal Silwal is really a nice & great man. I have seen his some exclusive photographs.
In one Photo, I am confuesd who is the other person (he/she) near him!!!!?
Hey Frens !!! Check his Photo Album around US.
Fun time with Bishal :
Reality Bites, Rasuwa says:
college bata apartment kati tada ho?
bishal says:
5 min

Reality Bites, Rasuwa says:
ohhh......teso bhae no CAR...........
bishal says:
no
Reality Bites, Rasuwa says:
kinne yojana hola ni? teha ta sasto pain6 re ni..............just joking

bishal says:
ho

Reality Bites, Rasuwa says:
katima....
bishal says:
heri heri
bishal says:
1000 dekhi
Reality Bites, Rasuwa says:
ohh its cheap too........
bishal says:
ya
bishal says:
tara dheria tikdaina
bishal says:
ek choti bigryo bhane banako more than tha
bishal says:
labor price high cha yaha

Labels:

Saturday, March 17, 2007

लाङ्टाङ छेउमा मिसिसिपिको कथा पढदै।


Red Leaf, Misisipi, US
अमेरिका प्रवेश गरेदेखि नै मनमा यौटा कुरा नाचिरह्यो, म मिसिसिपी किन आँए? त्यसमाथि पनि स्टार्कँभिलनै किन?
मसँग विकल्प नै के पो थियो र? तर पनि मनले म निर्बिकल्प भएर आउनु परेको कुरा मान्न भने तयार भएको छैन।
आफ्ना मनका तर्कनालाई गणितका शुत्रले शान्त पार्न नसकिने रहेछ। प्रश्न बार बार बल्झिरहन्थ्यो। तर, स्टार्कभिलले पनि आफ्नो रङग विस्तारै देखाउँदो रहेछ। धेरै समयको मित्रता प्रेममा परिणत भए जस्तो।
हवाईजहाज बाट हेर्दा यो भुभाग रातो माटोको क्यानभासलाई रूख र दुवोचौरले पोते झै लागेको थियो, तर यहाँ आउँदा दृश्य अलि बेग्लै पाएँ। न त रातो माटो नै देख्न पाइयो न त मैले सोचे जस्तो सुक्खा नै।पानी मनग्ये परेकै छ तर पनि ठाउँ भने सुक्खामै गनिने। बिहान ट्वेन्टिवन अपार्टमेन्टको प्याटियोबाट बाहिर हेरे। सुर्य पूर्वि छितिज उज्यालो पार्ने तर्खरमा थियो। चीसो हावाले झ्याप्प अङगालो मारे जस्तो भो। विस्तारै सूर्यको किरणले मेरो शरीर पोतिईदै थियो। पूर्वबाट आएको यो हावामा मेरो माटोको सुगन्ध छ, आँफै मक्ख परे। अनि यो सूर्य कतै मलाईनै खोज्दै यहाँ आईपुगेको त होईन? उ!मलाई हेरेर कस्तो मुस्कुराएको।
मेरो विचार प्रवाहमा कसैले पानी खन्याईदियो। माथि बस्ने कसैले वाथरुम फ्लस गरेछ। यहाँको चलन नै यस्तै,कोही कोही रात भर वाथरुम फ्लस गर्छन् र घर भरकालाई जागा राख्छन्। विहानै कफी र स्यान्डविच खाएर चप्पल पड्काउँदै बाटोमा हिँड्नुको मजै बेग्लै छ।
त्यसैमाथि अघि लागेका श्वेत सुन्दरीले थपेको उर्जाको के कुरा गर्नु। दुइटी गोरी सुन्दरी सेतो कारमा हुँइकिएर गए,मैले हेरेर हाँसे, उनीहरुले देखेनन्। मेरो अघि अघि लामा लामा पाईलामा यौटी श्वेत सुन्दरी लम्किरहेकी छ।
'यस्लाई पाईस् भने विहे गर्छस् त?' साथीले सोध्यो।
'अँ गर्छु' तेसै भनिदिएँ।
उस्को छेवैमा पुगेर भने 'यस्का गाला राता स्याऊ झै छन् के'।
उस्ले प्रतीउत्तरमा 'हाई'भनि।
रुखका लोखर्के र सल्लोको प्रेम नजानिदो छ।
'मोहब्बत्के पत्ते है सर्' भन्ने डायलग सम्झिन्छु। मेपल ट्रि का पात टाउकोमै झर्छन्।
अहिले घामले वादल र रुखका छिद्र बाट मलाई अभिवादन गर्दैछ।
मेरो छेवैबाट यौटी सुन्दरी मलाई उछिनेर गै। उसको सुगन्ध बाटोभरी स्पस्ट छ। म सयौ मिटर उसैलाई पछ्याउछु।
जीवन यस्तै सुगन्धले भरिएको कहाँ छ र?
बाटोपारी यौटा अपाङगलाई ह्वीलचेयरमा राखेर यौटी महिला ठेल्दै छिन्। पेटीको खुड्किलोले साह्रो पारेको छ। म थोरै सहयोगी हात बढाउँछु र धन्यवाद पाँउछु।
छेवैबाट गणितकी प्रोफेसर 'गुडमर्निङ' भन्दै गईन्।
'यु मेड माई डे' मैले प्रतिउत्तरमा भने।
जोवेना आजपनि मलाई हेरेर मुस्कुराई।
म पनि प्रतिउत्तरमा मुस्कुराएँ।
नेपालमा भएको भए म प्रेमको भ्रम पाल्न बाध्य हुन्थे। यो त स्टार्कभिल हो। जोवेना अर्थशास्त्र पढ्छे।
मैले एकदिन ढाँटेर भने 'म पनि अमेरिकामा जन्मेको भए तिमीसँगै अर्थशास्त्र पढ्थे होला।'
उसले ठुला गाजलु आँखा नचाउँदै सोधी
' ओ रियल्ली'?
जेसी एकदम राम्री लाग्छ।
उस्ले एकदिन सुनाई
'मलाई केटाकेटी ह्यान्डल गर्न एकदम अफ्ठेरो लाग्छ'।
किन, जन्माउने विचार छैन? मैले जिस्काँए। खोई! मलाई त केटाकेटी राम्रोसँग हातमा लिन त आउँन्न'। 'म छु नि सिकाउने', मैले ठट्टा गरे।
उसले एकदिन हामीलाई केक खुवाई र टन्न गफ गरी। अन्त्यमा कुराको विट यसरी मारी'मेरो ब्वायफ्रेन्ड आए होला..... म जान्छु'। म झसङग भँए।
आजभोलि कहिलेकाँही सपनामा उसको ब्वायफ्रेन्डलाई देख्छु र झस्किरहन्छु।
Photo: Langtang Himal, Nepal

Labels: