Reality Bites

Monday, June 16, 2008

खै राष्ट्रपति !

ओहो ! भोट हालेको पनि २ महिना भईसक्यो ,तर नयाँ नेपालको सपना देख्न सक्ने मान्छे देखिएन । राजा हटे पनि लामा नाम भएका ब्यक्तिहरु नै शासन सत्ताको नजिकै देखिएकोले खोइ अब निकास निस्किन गाह्रो जस्तो लगिरहेको छ । राजा जस्तै यिनिहरुले पनि पार्टिको श्रीपेच अरु नयाँ युवा पुस्तालाई हस्तान्तरण गरे कती आत्मबिश्वास जनतामा बढने थियो । केही समय अघिको समय पत्रीकाको कभर फोटो राख्न मन लाग्यो , किनभने शायद भित्ते होइन निधारमा नै लेखे पनि नेपालमा राष्ट्रपति हुन गाह्रो छ कि क्या हो ? !!!


Labels:

Thursday, April 10, 2008

अस्ताउदै छ राजतन्त्र !

सँबिधान सभाको चुनाव बिना हिँसा समाप्त भई सकेपछी पहिलो पटक मैले हालेको भोटले राजा बिनाको नेपालको परीकल्पनामा लालमोहर लागेको छ ।
बेलुकी पख अस्ताउदै गरेको सुर्योदयको द्रिश्य खिच्दै गर्दा मलाई लाग्यो - "अब जनताको हातमा पावर चाहियो, एक युगमा एक पटकको लागि !"

Labels:

Tuesday, April 24, 2007

Loktantra : Remembering a year back

I think that this photograph is not representing the blacky sky of Kathmandu during movement of People's war for democracy. After one year of Baishakh 11, I have taken this photograph on the different occasion at Rasuwa, but it still reminds me the sky, when we were fighting for LOKTANTRA.

Labels:

Friday, November 10, 2006

Dream of Prachanda : Is it Reality?


How do you image Nepal in 10- 20 years from now?

«Our country and our people have lots of opportunities for prosperity. We are now poor, but not because we don’t have natural and human resources. We are poor because of the policy enforced by the feudal King Gyanendra.
We have resorses for hydroelectric power, thanks to the large amount of water coming off the Himalayas. Tourism could also create enormous income for us, thanks to our marvellous mountains, our historical and religious sites and our astonishing natural parks.
Not to mention our agriculture, the land in Terai is potentially very fertile With good government we can become one of the richest country in South Asia. But we need transport, hi tech and scientific projects, infrastructures, and a lot of courage. In ten years we’ll change the whole scenario, rebuilding this country to prosperity.
In 20 years we could be simular to Switzerland. This is my goal for Nepal».
Prachanda's interview with Italian Newspaper ....more on United We Blog

Labels:

Wednesday, November 08, 2006

के बार्ता सफल भयो ?

आज सुनिएको समाचारमा चाहि केहि दम छ। र अब फेरि यसरी नै हरेक पटक जनतालेबार्ताको लामो र दिक्दारलाग्दो पर्खाइमा बस्नु पर्ने छैन।


बार्ता अझै पुरा सफल् भएको भने छैन , जब राजतन्त्रको बारेमा सँबिधानसभाको चुनाबले केहि निर्णय गर्दैन, तबसम्म मलाई लाग्छ नाटक् सकिदैन ।


अब माओबादी मन्त्रीहरुको सुचि दिन थाल्नेछन , अखबारहरुले । के महरा शिक्षा मन्त्री, अनि बाबुराम् उपप्रधानमन्त्री र जलश्रोत। अनि अनि अरु । हा हा शान्ति आएको बिस्वास नै भएको छैन ।


Labels:

Friday, October 06, 2006

सबैको ध्यान उनीतिर ।


भोली देखी हुने शिखर बार्ता सुरु हुनु अघिका अनुमानमा कसैले पनि असफलताको सँकेत पाएको छैन। भलै बार्ता लामो र दिक्दारलाग्दो किन नहोस । अब अन्तिम छिनो फानो हुनै पर्छ ।

अस्ति प्रचण्डले मनकामनाको दर्शन गरेर फर्केका छन । स्वदेसी प्रबिधिप्रति उनको यो रुचि स्वागतयोग्य छ । अनि देविको आशिर्बाद पनि छ उनिसँग ।

उनको हातमा सिङ्गो नेपालको भविष्य अल्झेको छ । उनको हातमा फुल(पुष्प) राख्ने कि बन्दुक्, यो निर्णय उनले नै गर्नुपर्छ अब । सायद् अब इतिहासले नया मोड खोजेको छ कि?
अब अरु बिकल्प पनि छैन्, राजालाई निलम्बन् गरेर जनमत सँग्रह गरे समस्याको समाधान पनि निक्लनसक्छ , मेरो बिचारमा है ।

Labels: