लाङ्टाङ नजिकैबाट ।
मेरो यो ब्लग पेजको उदेष्य केवल् रोबोटको बारेमा लेख्ने हो , तर हिजोको कान्तिपुरमा कर्ण शाक्यको लेखमा झै भर्खरै भारतबाट पचासौ टोलीलाई जितेर आएपनि नेपली प्राविधिकहरुलाई कुनै सम्मान् नैछैन । म त्यो राजधानी सहरबाट केवल् १३६ किमी टाढा हुदा त बिकट कर्णाली झै यसलाई महशुस गर्छु । केवल् एउटा कुरा कि , रसुवागढी र स्याफुबिचको १६ किमीसडक बन्यो भने म लेखेर दिन्छु, कि यो देसको प्रतिब्यक्ति आय दोब्बर हुन्छ , कमसेकम् १० बर्ष भित्र। तर तेसको लागि २ बर्ष भित्रमा यो बाटो बन्यो भने हामीले अहिले मुस्किलले एक् दर्जनबस् कुदने बाटोमा एक हजार बस्, ट्रकहरुले चिनको सस्तो सामान् बेच्न भारत पुग्ने नाका भेट्नेछन्।
के तपाई पनि यो देशलाई माया गर्ने मान्छे हो भने, बन्दबाट आहत देशलाई अब बिकासका कुरागरेर खोल्ने बेला आएन त । कमसेकम अब पनि हामीले बिकाश्, त्यो पनि पर्यटन र बाटोबाट मात्र गर्न सक्छौ र जलबिधुतमा आत्मनिर्भर हुदै आर्थिक प्रगति गर्नुको बिकल्प त मैले देखिन, राजा राखेपनि, नराखेपनि, त्यो तपाइको बिचार् ।
र केहि समयको लागि मेरो अर्को ब्लग् , त्यो बिशुद्द आधा लाख जनसँख्या मात्र भएको रसुवा जिल्ला प्रति समर्पित्छ । बिशेषगरी यहाका शिक्षाबाट बन्चित् बालबालिकाको लागि ।
Labels: langtang