Reality Bites

Friday, July 13, 2007

यार्सागुम्बा छुदै ।


लाङटाङ घुम्दै फर्किदा भेटियो यार्सागुम्बा ।
धेरै सुनिएको यो औषधिको मुल्य कति नि?
मैले हेर्न भनेर ल्याएको , रु ४० मा एक टुक्रामात्र ।
बिदेशतिर जाने यो औषधीको खोजिमा डोल्पामा धेरै जनाको ज्यान गएको समाचार पढेको थिए ।
नेपालमा प्रचुररुपमा पाइने यसले गाउतिरका बस्तिहरुमा कति नेपालीको आयश्रोत बनाएको छ ।

Labels:

Tuesday, March 20, 2007

रसुवामा चार केन्द्र

School : Syamewangfel Ma.Vi. at syafrubesi, Rasuwa
कास
धुन्चे -रसुवा, चैत ५ - एसएलसी परीक्षाका लागि यसपटक रसुवामा चार केन्द्र तोकिएको छ । क्रान्तिकारीले होम सेन्टर माग गर्दै दब्ााब दिएपछि दुई केन्द्र थपिएको शिक्षा कार्यालयले जनायो । थप गरिएका केन्द्रमा नीलकण्ठ उच्च मावि बोगटीटार र नीलकण्ठ नमुना मावि जिवजिवे छन् ।

Labels:

Tuesday, February 27, 2007

लाङ्टाङ नजिकैबाट ।


मेरो यो ब्लग पेजको उदेष्य केवल् रोबोटको बारेमा लेख्ने हो , तर हिजोको कान्तिपुरमा कर्ण शाक्यको लेखमा झै भर्खरै भारतबाट पचासौ टोलीलाई जितेर आएपनि नेपली प्राविधिकहरुलाई कुनै सम्मान् नैछैन । म त्यो राजधानी सहरबाट केवल् १३६ किमी टाढा हुदा त बिकट कर्णाली झै यसलाई महशुस गर्छु । केवल् एउटा कुरा कि , रसुवागढी र स्याफुबिचको १६ किमीसडक बन्यो भने म लेखेर दिन्छु, कि यो देसको प्रतिब्यक्ति आय दोब्बर हुन्छ , कमसेकम् १० बर्ष भित्र। तर तेसको लागि २ बर्ष भित्रमा यो बाटो बन्यो भने हामीले अहिले मुस्किलले एक् दर्जनबस् कुदने बाटोमा एक हजार बस्, ट्रकहरुले चिनको सस्तो सामान् बेच्न भारत पुग्ने नाका भेट्नेछन्।

के तपाई पनि यो देशलाई माया गर्ने मान्छे हो भने, बन्दबाट आहत देशलाई अब बिकासका कुरागरेर खोल्ने बेला आएन त । कमसेकम अब पनि हामीले बिकाश्, त्यो पनि पर्यटन र बाटोबाट मात्र गर्न सक्छौ र जलबिधुतमा आत्मनिर्भर हुदै आर्थिक प्रगति गर्नुको बिकल्प त मैले देखिन, राजा राखेपनि, नराखेपनि, त्यो तपाइको बिचार् ।
र केहि समयको लागि मेरो अर्को ब्लग् , त्यो बिशुद्द आधा लाख जनसँख्या मात्र भएको रसुवा जिल्ला प्रति समर्पित्छ । बिशेषगरी यहाका शिक्षाबाट बन्चित् बालबालिकाको लागि ।

Labels: