Reality Bites

Monday, July 30, 2007

Hitler in Headline .............

After firing a reporter from the first Nepali tabloid newspaper Naya Patrika Daily, I have found one tabloid paper where it was written as HITLER DEAD. At that time, the placing of photograph was taken by huge letters. I think this was due to lack of high resolution photographs.

The reporter Krishna Dhungana was ill treated by the editor and management team of the Naya Patrika Daily due to his presence in weekly writing in the blog mysanar.com.

Labels:

Saturday, July 28, 2007

रोबोट चौधरी !


नेपाली रोबोट क्षेत्रको ईतिहासमा रमेश चौधरीको नाम किन पनि अगाडी आउछ भने सन् २००१ को मार्चमा जापानमा प्रथम पटक भएको रोबोट प्रतियोगितामा नेपालको पहिलो अन्तराष्ट्रिय सहभागिताको लागि उनले गरेको प्रयास सम्झनायोग्य त छदैछ , साथै निरन्तर एक दशक भन्दा बढीको उनको रोबोटको बिकाशको लागि बिताएको क्षणहरु पनि नेपाली रोबोटको स्तरमा आएको स्तरियतासँग दाजेर हेर्नुपर्ने हुन्छ ।र पहिलो पटक उनि आगामी भाद्र ९ गते रोबोट प्रतियोगितामा नेपालको प्रशिक्षक भएर भियतनाम जादै छन्। जित्ने अग्रिम् सुभकामना छ , उनलाई र नेपाली टिमलाई

Labels:

Friday, July 27, 2007

"कु" मा परे ब्लगर क्रिष्ण !!


नेपाली ब्लग इतिहासमा एक जना ब्लगर क्रिष्ण ढुँगाना बिबादास्पद् रुपमा भर्खरै १०० दिन मनाउन सफल् पहिलो नेपाली टेब्लोइड पत्रिका नया पत्रिका दैनिकबाट निकालिएका छन। मेरो सँसार ब्लगमा पत्रिकाको गोप्यताबारे लेखिएको भनि उनलाई पत्रिकाबाट हटाइएको कुरा मेरो सँसार ब्लगमा उल्लेख छ । बेलायतमा माओबादी नेता क्रिष्ण बहादुर महरासँग गएर फर्केपछि कान्तिपुर छोडेका क्रिष्ण ज्वाला देवकोटाको सम्पादनमा प्रकाशन भैरहेको उक्त पत्रिकाले बिबादास्पद् बिषयहरुलाई कभर स्टोरी बनाउदै आएको छ ।

नेपाली ब्लगरले सामना गर्नुपरेको यो पहिलो घटनाको लागी रियालीटी बाईटस् घोर आपत्ति प्रकट गर्दछ ।
Krishna Dhungana recently said to the Ohmy News internatioal interviews about how he sacked from Naya Patrika Daily,
What did you blog that they decided to sack you?
Yes, I heard news about bloggers being sacked in Western countries but I have never ever thought that I might be victim too. Unlike in the West, I did not blog about official secrets. I usually blog about lifestyle. My last blog titled "Constituent Assembly and White Wine" was about the teenage girl and their circle, ignorant about country's burning issue- the constituent assembly.Still, they decided to fire me because they blamed me that I was focused in blog and not in writing news. My blogs were popular and my writing style, completely different from news writing style was also popular.I heard from my colleague that my editor blamed "He was very good reporter when he joined here. Later, he focused on blog than news. So, these days, he is not been able to contribute front page articles." (...... more)
Few weeks ago, Federation of Nepalese Journalists ( FNJ) along with the editor of Naya Patrika condemned about misbehaved reporter KP Dhungana and showed there resentment on the news disseminated on 2nd July.
The same editor afterall sacked the reporter few weeks later.

Labels:

Friday, July 13, 2007

यार्सागुम्बा छुदै ।


लाङटाङ घुम्दै फर्किदा भेटियो यार्सागुम्बा ।
धेरै सुनिएको यो औषधिको मुल्य कति नि?
मैले हेर्न भनेर ल्याएको , रु ४० मा एक टुक्रामात्र ।
बिदेशतिर जाने यो औषधीको खोजिमा डोल्पामा धेरै जनाको ज्यान गएको समाचार पढेको थिए ।
नेपालमा प्रचुररुपमा पाइने यसले गाउतिरका बस्तिहरुमा कति नेपालीको आयश्रोत बनाएको छ ।

Labels:

Thursday, July 12, 2007

नेपाली रोबोटका महारथीहरु ।

तिन स्वचालित र एक अर्ध स्वचालित रोबोटका साथ भियतनाममा आगामी भाद्र ९ गते मानिसहरुलाई समुद्री ड्रागनले बचाएको कथामा आधारित रोबोटिक खेलमा नेपाल पनि सहभागी हुन गैरहेको छ । नेपालको तर्फबाट पुल्चोक क्याम्पस स्थित् रोबोटिक्स क्लबबाट बिशेष खनाल, राजकुमार चौलागाई र सलिम बक्सका साथै टिमका प्रशिक्षक रमेश चौधरी समेत छन् । नेपाली रोबोट यसै साता हनोई पठाइने छ भने नेपाली टोली भदौको पहिलो हप्ता सहभागी हुन जानेछन् ।

प्रतियोगितामा जापान, चीन, कोरीयाका साथै दक्षिण एसियाबाट भारत, बँगलादेश र श्रीलन्काका बिश्वबिधालयका १९ टोलीले भाग लिने छन ।

Labels:

Sunday, July 08, 2007

चाइनामा पनि चन्दन....

असार २३ गते रसुवागढीको नाकाबाट चाईनिज प्रहरीले करीब १ मिनि ट्रक रक्तचन्दन हालेर केरुङतर्फ लगेको छ । सिमा वारी नेपालबाट उक्त चन्दन पुगेको आसङ्कामा चाईनिज नागरिकलाई पनि प्रहरीले आफ्नो गाडीमा लगेको अनुमान छ । तर यसबारे चिनतर्फको प्रहरीको पनि सँलग्नता हुनसक्ने आशङ्का गरिएको छ ।

Labels:

Monday, July 02, 2007

भियतनाममा भिडने तयारी .....

२६ अगष्ट २००७मा भियतनाममा आयोजना हुने रोबोट प्रतियोगितामा भाग लिनको लागीनेपाली रोबोटको तयारी भैरहेको रोबोटिक्स क्लबबाट थाहा भएको छ । यि साथीहरुले क्लबमा काम गरिरहेको देख्दा मलाई साथीहरु अजय, रत्न र सन्तोषको खुब याद् आएकोछ । उनिहरुको त्यो खटाई, काम् प्रतिको लगनशिलता सायद् नेपालको नाम अन्तराष्ट्रिय क्षेत्रमा दिलाउन सहयोगी रहयो नै । हाल सम्म लगभग १० अन्तराष्ट्रिय रोबोट प्रतियोगितामा क्लबले भाग लीइसकेको छ ।

Labels:

नब्बेको नजिकै ।

केहि समय अघि घर जादा हजुरबुवाको जोस जागर देख्दा लाग्यो नब्बेको छेउछाउ पुग्दा पनि उहाको नित्यकर्ममा कुनै बदलाव आएको छैन । ईटहरी चोकमा दैनिक गएर आफ्नै उमेरका दौतरी सँग राजनिति देखी अन्य क्षेत्रका कुरा गर्न उहालाई कसैले नभेटलान । इटहरी नगरपालीका छेउको चिया पसलमा भने नगरपालीकाले समाजका यि जेष्ठ नागरिकहरुलाई नि:शुल्क चिया खुवाएर सम्मान् गरिरहेको छ । हुनत आजै मात्र देशकै प्रधानमन्त्री पनि ८४ पुगे क्यार् । भन्छन नि - आगो ताप्नु मुढाको , कुरा सुन्नु बुढाको । तर कति पो हामीले त्यो मानेका छौ र । ?

Labels:

Sunday, July 01, 2007

मान्छे र कुकुर : कभी खुसी कभी गम्




Labels: